पोखरा-योजनाको झण्डै एक दशकपछि तेक्वान्दो संघले पोखरा रंगशालाभित्र आफनो सुविधायुक्त प्रशिक्षण केन्द्र(भवन) निर्माण गर्न शिलान्यास गरेको छ । शनिबार विहान पोखरा रंगशालास्थित सेमी कभर्ड हलको दक्षिण तर्फ तेक्वान्दोको प्रशिक्षण केन्द्र निर्माण गर्न जग राख्ने काम शुरु गरिएको छ । केन्द्रको शिलान्यास राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शिलान्यास गरे । कास्की जिल्ला तेक्वान्दो संघका संस्थापक अध्यक्ष जगनबहादुर गुरुङले तेक्वान्दोको भवन बनाउने कस्सिएको दशवर्षपछि सपना पुरा गर्ने अभियानमा रहेको उल्लेख गरे । गुरुङ अहिले गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष हुन्…
पुरा पढौ