
पोखरा (खेलाडी न्युज)-पोखरा टुडिखेलमा सञ्चालित दोश्रो बिरेन स्मृत कप तथा १२ औ बिटी कपमा तारा फुटवल क्लव, विष्णुपादुका क्लव हेम्जा, संगम र बी १३ सेमी फाइनलमा प्रवेश गरेका छन । शुक्रबार सम्पन्न क्वार्टर फाइनल अन्तरगतको पहिलो खेलमा तारा पुटवल क्लवले दिपलाई १–० गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको हो । तारा एफसीका एलन गुरुङको एकमात्र गोल नै तारालाई सेमी फाइनलमा प्रवेश गराउन सफल रहयो ।
विष्णुपादुका फुटवल क्लव हेम्जा र माइ पोखरा स्पोर्टस बिचको दोश्रो खेलको निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि ट्राइब्रेकरमा विष्णुपादुकाले माइ पोखरा स्पोर्टसलाई ४–३ गोल अन्तरले पाखा लगाउदै सेमी फाइनलको यात्रा तय ग¥यो । तेश्रो खेलमा दोब्रा फुटवल क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै संगमले समेती फाइनलमा प्रवेश गर्न सफल भयो ।
सेमी फाइनलका लागी संगमका बेल प्रसाद गुरुङले दुइ गोल गरेभने मिलन तामाङको एक गोल शान्तवना गोल हुन पुग्यो । अन्तिम खेलमा चैट चैट चैट बी लाई बी १३ ले २–१ गोल अन्तरले पाखा लगाउदै सेमी फाइनलको यात्रा तय ग¥यो । बी १३ का लागी लक्ष्मण जिसी र नवराज गुरुङले १÷१ गोल गरेभने चैटचैटचैटको तर्फबाट अभिशेख गिरीले शान्तवना गोल गरेका थिए । बिटी कपमा शनिवार सेमी फाइनल संगै फाइनल खेल दुइ बजे हुने आयोजकले जनाएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…