
विराटनगर(खेलाडी न्युज) सिजनको अन्तिम गोल्डकप विराट गोल्डकपको फाईनल सुरक्षित गर्दै आठौं उपाधि नजिक पुगेको छ ।
विराटनगर शहिद रंगशालामा गएराती भएको सेमिफाईनल खेलमा झापा ११ लाई पन्छाउँदै विभागीय टोली सिजनकै उत्कृष्ठ लयलाइृ निरन्तरता दिएको छ । झापा ११ को चुनौतिलाई १–० गोल पन्छाउँदै आर्मी उपाधि निकट पुगेको हो । अब उपाधिको लागि आर्मीले आउँदो सोमबार संकटा क्लब र थ्रीस्टारबीचको विजेतासंग फाइनल प्रतिष्पर्धा गर्ने छ ।
बराबरी तर्फ उन्मुख भईरहेको अवस्थामा आर्मीको भाग्य एक घण्टा आठ मिनेटपछि खुल्यो । आर्मीको जितमा विमल पाण्डे नायक बन्ने क्रममा ६८ औं मिनेटमा भरत खवासले प्रहार गरेको कर्नरलाई हेडमार्फत वायाँ बार च्याप्दै पाण्डेले पोष्टको दिशा दिँदा झापा पछि पर्यो । दर्शकको भारी समर्थन पाएको झापाले ४२ औं मिनेटमा गोरक्षक मनोज प्रधानका ठाउँमा किरण चेम्जोङलाई मैदानमा लगे पनि उनले आर्मीको प्रहार रोक्न सकेनन् ।
क्वार्टरफाइनलमा आर्मी अर्को विभागीय टिम नेपाल पुलिस क्लब र झापा छिमेकी टिम रिजालको मोरङ–११ लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका थिए । विपक्षीको तुलनामा उत्कृष्ट प्रद्धर्शन गरे पनि तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको झापा सिजनमा आर्मीसँग तेस्रो हार बेहोर्न बाध्य भयो ।
झापाले यसअघि घरेलु मैदानमा आर्मीसंग तेस्रो झापा गोल्डकपको फाइनलमा सडन डेथमा पराजय बेहोरेको थियो । त्यस्तै शिव सताक्षी गोल्डकपमा पनि सेमिफाइनलमा ३–० गोल अन्तरले आर्मीसँग झापा पछि परेको थियो ।
स्ट्राईकर कर्ण लिम्बू जम्न नसक्नु पनि झापाका लागि दुर्भाग्यपूर्ण बन्यो । उनलाई ८३ औं मिनेटमा खामिर गिल्सन कान्दङ्वाले पालो दिएका थिए । झापालाई जित निकाल्नका लागि उत्कृष्ट डिफेन्स दिलेन लोक्तामको अभाव खड्कियो । मोरङसँगको खेलमा चोटग्रस्त भएपछि लोक्ताम शुक्रबार मैदान प्रवेश गर्न सकेनन् । गोल गर्नका लागि पाएका आठवटा सुन्दर अवसरको सुदपयोग गर्न नसक्दा झापा विराट गोल्डकप आयोजकले प्रदान गरेको ३० हजार रुपैयाँ म्याच मनी बोकेर घर फर्कन बाध्य भयो ।
१० औं मिनेटमा विदेशी खेलाडी अवुवकार याकुवुको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले फर्काइदिंदा झापाले सुरुवाती अग्रता लिने राम्रो मौका गुमायो । कुथुले फर्काइदिएको बललाई विश्वास श्रेष्ठले पुःन प्रहार गरे पनि आर्मीका खेलाडी दिपक गुरुङले ‘क्लियर’ गरिदिए । ३५ औं मिनेटमा विदेशी खेलाडी माइकलको प्रहारलाई पनि आर्मीका सुमन अर्यालले ‘क्लियर’ गरेर आर्मीको ठूलो संकट टारिदिए । ३७ औं मिनेटमा माइकलको प्रहार दायाँ बार हुँदै बाहिरियो । ३९ औं मिनेटमा देवेन्द्र तामाङको प्रहार पोष्टमाथिबाट बाहिरियो । ४३ औं मिनेटमा कर्ण लिम्बूको लङ प्रहारमा माइकल चुक्दा पहिलो हाफमा झापाले अग्रता लिन सकेन ।
निरन्तर आर्मीको दबाब झेलिरहेको झापाका माइकल ७९ औैैं मिनेटमा वान भर्सेस वानमा चुके । ८८ औं मिनेटमा योगेश गुरुङको उत्कृष्ट प्रहारमा आर्मीका गोलरक्षक कुथु बाधक बन्दा झापाका लागि खेलमा फर्कने राम्रो अवसर खेर गयो ।आर्मीले गोल गर्नका लागि तीनवटा अवसर मात्रै पाएको थियो । आर्मीले पहिलो हाफमा २३ औं मिनेटमा एउटा मात्रै अवसर पाएको थियो । टंक बस्नेतको हेड प्रहारले पोष्टभन्दा टाढैबाट बाहिरियो । अन्तिम समयमा स्टार खेलाडी नवयुग श्रेष्ठको प्रहार झापाका गोरक्षक चेम्जोङ बाधक बन्दा आर्मीले दोस्रो गोल थप्न सकेन ।
झापाका प्रशिक्षक प्रवेश कटवालले गोल गर्नका लागि पाएका राम्रा अवसरमा खेलाडी चुक्दा आर्मीसंग सिजनमा तेस्रो हार बेहोर्नु परेको प्रतिक्रिया दिए । उनले रेफ्रीको गलत निर्णय पनि हारको मुख्य कारण बनेको बताए । ‘थ्रो दिनु पर्ने बललाई रेफ्रीले कर्नर प्रहारको मौका दिए,’ कटवालले भने, ‘त्यही कर्नर हाम्रा लागि अभिसाफ बन्यो ।’
आर्मीका प्रशिक्षक नविन न्यौपानेले झापाका विदेशी खेलाडीलाई विशेष ‘मार्किङ’ गर्ने रणनीति सफल हुँदा जित हात परेको बताए । ‘खेलाडी ‘मार्किङ’ सवालमा हाम्रो रणनीति सफल भयो,’ उनले भने, ‘खेलाडीले ड्युटी पूरा गर्दै उत्कृष्ट लय समाउँदा नतिजा हाम्रो पक्षमा आयो ।’ खेलको म्यान अफ दी म्याच घोषित भएका आर्मीका कप्तान भरत खवासले १० हजार नगद पुरस्कार पाए । आज अर्को सेमिफाइनल खेलमा संकटा क्लब र थ्रीस्टारबीच प्रतिष्पर्धा हुने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…