साग महिला फुटबलसहित पाँच खेल पोखरामा, समयमै स्टेडियम बन्ने सम्भावना कम

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २४ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) ठ्याक्कै वर्षदिनपछि सागको १३ औं सस्करण साग खेलकुद नेपालमा आयोजना गरिने छ । आयोजनाको लागि आवश्यक पुर्वाधार तयार पर्ने सम्भावना कमजोर बन्दै गएको छ । पाँच खेल पोखरामा खेलाउन प्रस्ताव गर्दै प्रतिवेदन समेत बुझाइएको छ ।

आर्चरी, भलिबल, ह्याण्डबल, महिला फुटबल, ट्रायथलन पोखरामा आयोजनाको प्रस्ताव गरिएको छ । १३ औं साग नेपालमा २०७५ को फागुन २५ देखि चैत ४ गते सम्म आयोजना गर्ने तय भएको छ । प्रस्ताव अनुसार पोखरामा आवश्यक पुर्वाधार तयारी भईसकेको छैन् । भएको दुई प्यारापिट भत्काई समथर बनाईएको छ । भग्नावशेष छ । फुटबल स्टेडियमको लागि ग्लोबल टेण्डर गरिएपनि फाईनल नहुदैं तुहिसकेको छ । १० महिनाभित्र बनाउने भन्दै प्रक्रिया थालिएको पनि छ महिना वित्न लाग्यो । टेण्डर प्रक्रिया अझै टुंगिएको छैन् । फुटबल स्टेडियम नहुदाँ प्रस्ताव गरिएको महिला फुटबल प्रतियोगिता हुने सम्भावना कम छ ।

ह्याण्डबलको लागि आवश्यक इण्डोर छैन् । १४ करोड ३० लाखमा शुरु गरिएको बहुउद्देश्यीय कर्भड हल निर्माणाधिन अवस्थामा छ । सिट राख्ने देखि पार्केटिंगसम्मको काम बाँकी छ । फल्स सिलिंग पनि हाल्नुपर्ने उत्तिकै खाँचो छ । जुन पुरा भईसकेको छैन् ।

आर्चरीको लागि राष्टिय खेलकुद परिषदले यो आवको लागि ५० लाख विनियोजन गरेको छ । विनियोजित रकमबाट आर्चरी मैदान सम्याउनेदेखि वर्षे पानीको निकास, चार स्टेपको प्यारापिट निर्माण गर्ने लक्ष्य आर्चरी संघ कास्कीले लिएको छ । पोखरामा ट्रायथलन भने गर्दै आईएको छ । राष्टिय प्रतियोगिताको पाँच सस्करण गरिसकिएको छ । परिषदले पनि ट्रायथलन खेलको आवश्यक पुर्वाधार तयार पार्न २५ लाख समेत छुट्टाएको छ । यद्यपी काम गरी फत्ते गरेपछि मात्रै रकम निकासा हुन्छ ।

साइक्लिङ काठमाडौं, चितवन र नवलपरासीमध्ये एक ठाँउमा गर्न सकिने उल्लेख छ । समितिले पहिले नै आफ्नो काम गरिसकेपछि तत्कालिन मन्त्री राजेन्द्रकुमार केसीसँगको विवादका कारण शेर्पाको समितिले प्रतिवेदन बुझाएको थिएन । ‘प्रतिवेदन बुझाउन निश्चित रुपमा ढिलाई भइसकेको छ,’संयोजक शेर्पाले भने,’ढिला भएपनि नबुझाएसम्म कसरी काम अघि बढाउने भन्ने अलमल हुने थियो । नयाँ मन्त्री आएपछि यो बुझाउन आवश्यक थियो । ‘

शेर्पा संयोजक रहेको समितिमा राखेप सदस्य अर्जुनबहादुर केसी, राष्ट्रिय संघको प्रतिनिधिका रुपमा निलेन्द्रराज श्रेष्ठ, १३ औं साग सचिवालयका सचिव रिमबहादुर रानाभाट, युवा तथा खेलकुद मन्त्रालयका उप सचिव लक्ष्मी प्रसाद भट्टराई, राखेपका प्रशासन विभाग प्रमुख बासुदेव आचार्य र राखेपका निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याध्य सदस्य छन् ।

८ बुदे प्रतिवेदनमा समितिले १३ औं सागमा समावेश गरिने खेलहरुको पूर्वाधार सम्वन्धी रंगशाला, कभर्डहल, सेमि कभर्डहल खेल एकिन गरी सो को निर्माण लागतसहितको विवरण परिषदमा पेश गर्ने उल्लेख गर्नेछ । यस्तै राखेप, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रही बल र निजी संस्थानहरुको स्वामित्वमा रहेका खेल पूर्वाधारहरुको अभिलेख संकलन गरी खेल सञ्चलान गर्न सकिने वा नसकिने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा एथलेटिक्स, फुटबल, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, तेक्वान्दो, उसु, जुडो, कुस्ती, भारोत्तोलन टेवल टेनिस, स्क्वास, कबड्डी, खो खो, लन टेनिस, शुटिङ, पौडी, फेन्सिङ, कराते र गल्फ काठमाडौंमा आयोजना गर्ने प्रस्ताव छ । काठमाडौंमा प्रस्तावित १२ खेलहरुका लागि ६ बहुउद्देश्यीय कवर्डहलमध्ये ४ राखेप र नेपाली सेना र एपीएफको गरी ७ कभर्डहलको मर्मत तथा सम्भार गरी प्रयोगमा ल्याइने छ । file pic.