धनगढी टिम चौराहाको रोमाञ्चक ३ रनको जितसँगै प्लेअफमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २४ गते २०७४ मा प्रकाशित


धनगढी(खेलाडी न्युज) पाँचै खेल पराजित हुदैं रुपन्देही च्यालेन्ज प्रतियोगिताबाट बाहिरिदाँ धनगढी टिम चौराहा भने प्ले अफमा पुगेको छ । ओभर घटाईएको खेलमा टिम चौराहाले आठ ओभरमा सात विकेटको क्षतिमा ७७ रन बनाउँदै जितको लक्ष्य रुपन्देही सामु पेश गरेको थियो ।

घरेलु टोली टिम चौराहा धनगढी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग डिपिएल–२ को प्ले अफमा पुग्न सफल भएको छ । लिग अन्तर्गत शनिबार भएको अन्तिम खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै धनगढीले प्ले अफमा स्थान बनाएको हो । खेलमा चौराहाका लागि विस्फोटक ब्याटिङ् गरेका सोनु तामाङ् म्यान अफ द म्याच घोषित भए ।

चौराहाले लिगमा ५ खेलबाट ६ अंक जोड्दै प्ले अफमा पुग्यो । चौराहाले दिएको ७७ रनको लक्ष्य पछ्याएको रुपन्देहीले ५ विकेट गुमाएर ७३ रनमात्र बनाउन सक्यो । रुपन्देहीका लागि सागर पुनले सर्वाधिक ३३ रन बनाएपनि टिमलाई जिताउन सकेन । दीपक प्रसाद १६ रनमा आउट भए । सुफयन मेहमुद ८ रनमा नटआउट रहे । यसअघिका चार खेलमा उत्कृष्ट प्रदर्शन गरेका ओपनर ब्याट्सम्यान प्रदिप ऐरी ६ रनमै आउट भए । सिद्धान्त लोहनी ३ रनमा ललितसिंह भण्डारीको बलमा रन आउटको शिकार हुन पुगे ।

चौराहा धनगढीका रोहन मुस्ताफाले २ तथा ललितसिंह भण्डारीले १ विकेट लिए । एसएसपी क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रुपन्देहीले सोनु तामाङको विस्फोटक ब्याटिङ मद्दतमा निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७६ रन बनाएको हो । चौराहाका लागि सोनु तामाङले ३४ रन बनाए । १४ बल खेलेका सोनुले ४ छक्का र १ चौका प्रहार गरे । रोहन मुस्ताफाले १५ रन बनाए । सुनिल धमला ६ रनमा आउट पभेलियन फर्किए ।

कप्तान सोमपाल कामी सुसन भारीको बलमा सागरपुनबाट उत्कृष्ट रुपमा क्याचआउट हुनुअघि ३ रनमा आउट भए । पहिलो बलमै अस्फाक अहमेदलाई शुन्य रनमा गुमाएको चौराहाको इनिङ्स सोनु तामाङले सम्हाले । सोनुले चौथो ओभरमा सागर पुनको तेस्रो, चौथो र पाचौैं बलमा लगातार छक्का प्रहार गर्दै राम्रो शुरुवात दिएका थिए ।

राजेश पुलामी मगर ९ रनमा आउट हुदा योगेन्द्रसिंह कार्की ५ तथा शंकर राना २ रनमा क्रिजमा रहे । रुपन्देहीका सुसन भारीले ३ तथा दीपेश श्रेष्ठले २ विकेट लिए । सागर पुन र कप्तान शक्ति गौचनले १ विकेट लिए । हारसँगै रुपन्देहीले प्रतियोगितामा एक जित पनि निकाल्न सकेन ।