
nepal team
काठमाडौं (खेलाडी न्युज)—यही अप्रिल २० –२८ तारिखसम्म थाइल्याण्डको बैंककमा शुरु हुन गईरहेको एएसबीसी युथ एसियन पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी हुने दुई बक्सिङ्ग खेलाडीहरु र दुई जना टिम अफिसियललाई राखेपका सदस्य सचिव केशव कुमार विष्टले विदाई गरेका छन् ।
उक्त च्याम्पियनशिपमा सहभागि हुन महिला ५७ केजी तौल समुहमा राखेप २०७४का स्वर्ण पदक विजेता सुश्री कुसुम तामाङ्ग र पुरुष ५६ केजी वैन्टम वैट तौल समुहमा राष्ट्रिय पदकधारी बक्सिङ्ग खेलाडी सुरेन्द्र राईले सहभागिता जनाउने जानकारी नेपाल बक्सिङ्ग संघका सदस्य राम अवालेले जानकारी गराए ।
खेलाडीलाई पदक जित्न योग्य बनाउन उनिहरुलाई अन्तराष्ट्रियस्तरमा अनुभव र विशेष प्रशिक्षणका प्रदान गर्न उद्देश्यले नेपाल बक्सिङ्ग संघले थाई बक्सिङ्ग संघसंग समन्वय गरी विशेष प्रशिक्षणको लागि २ हप्ताको लागि शनिबार बैंकक पठाईदै छ र उक्त एएसबीसी एशियन च्याम्पियनसिप प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले नै यहि वर्ष अर्जेन्टिनामा हुन गईरहेको युथ ओलम्पिक गेमका लागि क्वालिफाईड हुने छन् ।
उक्त च्याम्पियनशिपमा विजयी भई युथ ओलम्पिक गेमका लागि क्वालीफाईड भएमा खेलाडीहरुलाई अवाले परिवारबाट जनही रु ५ लाख दिने घोषणा संघका सदस्य श्याम अवालेले जानकारी गरे । नेपाल बक्सिङ्गसंघका सदस्य श्री ओम नाराण श्रेष्टले एउटा खेल जितेमा रु दश हजार, कास्य पदक जितेमा पच्चिस हजार र रजत पदक जितेमा रु पचास हजार दिने घोषणा समेत गरेका थिए ।
उक्त खेलाडी विदाई कार्यक्रममा नेपालको तर्फबाट १९६४ को जापान ओलम्पिकमा सहभागी भएका खेलाडी रामबहादुर गुरुङ्ग, पुर्व अध्यक्षद्वय उमेश मास्के, रविराज थापा लगायत बक्सिङ्गका पदाधिकारी एवं कोच तथा खेलाडीहरुको उपस्थिति रहेको थियो । उक्त टिममा टिम प्रशिक्षकका रुपमा आईबा फस्ट स्टार कोच दिपक राई र टिम व्यवस्थापकमा नेपाल बक्सिङ्ग संघका सदस्य एवं पुर्व बक्सिङ्ग खेलाडी ओमनारायण श्रेष्ठ आज शनिबार बैंकक प्रस्थान गरेका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…