माष्टर्स गल्फमा रिडको तीन स्टोर्कको अग्रता , दोस्रो स्थानमा नर्दन आईरिसका रोरे उक्लिए

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २५ गते २०७४ मा प्रकाशित


एजेन्सी—माष्टर्स गल्फको आज तेस्रो दिन अमेरिकन गल्फर प्याट्रिक रिडले अग्रतालाई कायमै राख्दा तेस्रो दिन पाँच अण्डर ७२ को स्कोरको कार्ड बनाई टुग्याँए । अमेरिकाको अगष्टामा सञ्चालित गल्फको रिडले कुल १४ अण्डर २०२ को कार्डमा तेस्रो दिनको खेल टुग्याँएका छन् ।

तेस्रो दिन उनले फ्रण्ट नाईनमा दुई अण्डर ३४ खेल्दै पुरानै लयमा देखिए । तेस्रो होलमा बोगी खेप्दै तनावमा रहेका रिडले पाँचौ, आठौ र नवौंमा बर्डी हिर्काउँदै दुई अण्डरको कार्ड बनाए । व्याक नाईनमा भने उनको प्रदर्शन लोभलाग्दो देखियो । १३ औं र १५ औं होलमा ईगल हिर्काउँदै राम्रो लयमा रहँदै उत्साहित हुदाँ १६ औं आएर बोगी प्रहार गरे । यदपी ५ अण्डर ६७ खेल्दै माष्टर्स कप गल्फमा अग्रतालाई निरन्तरता दिए ।

नर्दन आईरिसका रोरे म्याकल्रोयले तेस्रो दिन सुधारिएको खेल पस्किदैं सात अण्डर ६५ को स्कोरमा खेलेपछि तेस्रो दिनमा आईपुग्दा दोस्रो स्थानमा उक्लिएका छन् । उनी समग्रमा ११ अण्डर २०५ को स्कोरमा छन् । अब अन्तिम १८ होलको खेल बाँकी छ । तेस्रो दिनमा उनले आठौंमा ईगल हिर्काउँदै पाँच अण्डर ३१ मा खेले । व्याक नाईन भने उनी दुईअण्डरमा रहँदै खेल टुग्याए ।

गल्फको तेस्रो स्थानमा अमेरिकन गल्फर रिस्की फाउलेर उक्लिएका छन् । उनी तेस्रो दिनको खेल समाप्तीमा ९ अण्डर २०७ को कार्डमा खेलिरहेका छन् । उनले फ्रण्ट नाईन अन्तर्गत दोस्रो होलको पाँच ५ मा इगल हिर्काए । त्यसपछिका पाँचौ, छैटौं र आठौंमा बर्डि हिर्काउँदै फ्रण्ट नाईन ५ स्ट्रोक खातामा राखे । व्याक नाईनमा पनि १५ औं र १७ औं होलमा बर्डि हिर्काउँदै कुल ७ अण्डर ६५ को कार्डमा रहेर तेस्रो स्थानमा छन् ।

स्पेनका जोन राहमले चौथो स्थानमा उक्लिदाँ आठ अण्डर २०८ को स्कोरबाट अन्तिम दिनको खेल शुरु गर्ने छन् । आठौं होलमा ईगल हान्दै डबल स्ट्रोक जोगाउँदा पहिलो, र दोस्रोमा बर्डि हाने । व्याकमा पनि १०, १६ र १७ मा बर्डि खेल्दै तेस्रो दिन सात अण्डर ६५ मा रहन पुगे ।

स्वीडिस गल्फर हेनरिक स्ेटन्सन तेस्रो दिनको समाप्तीमा दुईस्थान तल झर्दै पाँचौ स्थानमा पुगेका छन् । उनले तेस्रो दिन भने दुई अण्डर मात्रै खेले । समग्रमा उनी सात अण्डर २०९ मा छन् । दोस्रो दिन उनले दुई अण्डर खेल्दै तेस्रो स्थानमा थिए ।

हेनरिकले पार ७२ अन्तर्गत तेस्रो दिनको खेलमा केवल दुई अण्डर मात्रै राख्न सके । दोस्रो होलमा बोगी खेप्दै अगाडि बढेका उनीले सातौं र आठौंमा बर्डि खेल्दै बोगीको भारमुक्त भए । फ्रण्ट र व्याक नाईनमा एक एक अण्डर राख्दै दुई अण्डर ७० मा खेल टुग्याए ।