
SONY DSC
पोखरा(खेलाडी न्युज)— पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा बालबालिकालई टेनिस प्रशक्षिण दिईएको छ । कास्की जिल्ला टेनिस संघले विद्यालयको पठन पाठन शुरु नहुदाँसम्म टेनिसको प्रशिक्षण दिदैं आएको छ ।
प्रशिक्षणको लागि नेपालका अग्रज टेनिस प्रशिक्षक शरद लामा पोखरा आएका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित एक हप्ते प्रशिक्षणमा उनले विभिन्न चारवटा तहमा तालिम दिने संघ कास्कीका अध्यक्ष विनोद कायस्थले जानकारी दिए ।
आइटीएफ टु लेवल गरेका पूर्व राष्ट्रिय खेलाडी लामाले जुनियर, सिनियर, भेट्रान्स खेलाडी तथा कास्कीका टेनिस प्रशिक्षकहरुका लागि पनि प्रशिक्षक प्रशिक्षण तालिम दिनेछन् । प्रशिक्षणमा सबै तहका गरि झण्डै सय जना खेलाडीहरुको सहभागिता रहेको छ ।
‘हामी भौतिक रुपमा सक्षम बन्दैछौं, तर खेललाई नियमितता प्रदान गर्नका लागि टेनिसमा नयाँ खेलाडी ल्याउन आवश्यक छ, त्यसैले यो तालिमको आयोजना गरेका हौं’ अध्यक्ष कायस्थले भने । पोखरा रंगशालाभित्र आएपछि संघ कास्कीले पाँचवटा क्ले कोर्ट बनाइसकेको छ भने कार्यालय भवन तथा प्यारापिट पनि बनाएको छ । अब छिट्टैनै हार्डकोर्ट निर्माण हुने संघ कास्कीका कोषाध्यक्ष राजु गुरुङ्गले बताए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…