
धनगढी(खेलाडी न्युज)—पानीले मैदान भिजेपछि ढिलो गरी शुरुभएको धनगढी प्रिमियर लिग २ अन्तर्गत आज विराटनगर किंग्सले सिवाईसी अत्तरिया विरुद्ध व्याटिंग गरिरहेको छ । छ ओभरको खेलमा विराटनगरले जितको लागि तीन विकेटको क्षतिमा ५५ रन बनाई छ ओभरको खेल टुग्यायो ।
बाबर हायतले १४ रन बनाई पहिलो विकेटको रुपमा पवेलियन फर्किएपछि किग्ंस ए.के साहले १५ रन, पारस खड्काले ९ रनमा आउट भए । दिलिप नाथले १५ रन बनाई नटआउट रहदाँ पी. सर्राफले भने शुन्यमा रहेर नटआउट खेले । के. एस ऐरीले दुई विकेट लिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…