
पोखरा (खेलाडी न्युज)। नेपाली क्रिकेटका गुगली ब्वाय सन्दीप लामिछाने यतिबेला आईपिएलमा डेब्यु जनाउने प्रतीक्षामा छन् । दिल्ली डेयरडेभिल्समा आवद्ध उनले ११ औं सस्करणको आईपिएलमा दिल्लीबाट डेब्यु गर्नको लागि प्रतीक्षारत छन् । उनी पहिलो खेल किंग्स इलेभन पन्जाब विरुद्ध उत्रिन पाएनन् ।
पर्सी बुधबार दिल्लीले दोस्रो खेल राजस्थान रोयल्स विरुद्ध खेल्ने छ । राजस्थान रोयल्स विरुद्धको खेलमा सन्दीपले डेब्यु गर्न पाउने विषयमा भने अझै अन्यौल छ । यद्यपी युवा स्पीनरलाई दिल्लीले समावेश गर्ने सम्भावना पनि उत्तिकै छ । प्रशिक्षक रिकी पोन्टिंगले उनलाई सहभागिता जनाउन वा नजनाउने प्रतिक्रिया भने निर्णय गरिसकेका छैनन् । पहिलो खेलमा दिल्ली पन्जाबसँग छ विकेटले पराजित भएको थियो ।
आईपिएल खेल्न २० लाख भारुमा दिल्लीमा आवद्ध भएका सन्दीप पहिलो नेपाली क्रिकेटर हुन् । लेगब्रेक गुगली उनको बलिंग विशेषता हो । उनले जिम्बावेमा भएको विश्वकप छनोटमा आफनो स्पीनको जादु देखाई सकेका छन् । नियमित प्रशिक्षण रहँदै क्षमतामा निखारता ल्याउन व्यस्त सन्दीपले प्रशिक्षण समयमा समेत प्रभावकारी प्रदर्शन गरेका छन् । यदपी उनलाई दिल्लीले डेब्यु गराउने विषयमा निर्णय भने लिईसकेको छैन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…