
धनगढी(खेलाडी न्युज)—काठमाडौं गोल्डेन्सलाई एक विकेटले पराजित गर्दै घरेलु टोली धनगढी टिम चौराहा डिपिएल सिजन २ को फाईनल सुरक्षित गरेको छ । अन्तिम दुई बलमा जितको लागि छ रनको खाँचो भएको अवस्थामा सामसद शेखले छक्का प्रहार गर्दै जित सुनिश्चत बनाए । १२८ रनको लक्ष्यलाई टिम चौराहाले ९ विकेट गुमाउँदै काठमाडौमाथि एक बल बाँकी छदाँ रोमाञ्चक जित हासिल गर्यो ।
लिग चरणमा टिम चौराहा काठमाडौं गोल्डेन्सँग सात विकेटले पराजित भएको थियो । रोहन मुस्तफाले ३३ रनको महत्वपूर्ण योगदानमा टिम चौराहाले जितको आधार तयार पारेको थियो । म्यान अफ दि म्याच शंकर रानाले जितको लक्ष्यसम्म डोर्याउँदाँ ज्ञानेन्द्र मल्लले उनलाई रन आउट बनाए । उनले २८ रनको पारी खेलेका थिए ।
एस धमलाले १३, एस तामाङले १४ रनको इनिङ्स खेले । शेख ६ रनमा नटआउहट रहदाँ ललितसिंह भण्डारी भने शून्य रनमा नटाउन रहे । उनले बल भने खेल्ने पाएनन् । सन्नी पटेलले २, रसिद खानले २, र सहाब आलमले २ विकेट लिएका थिए ।
पहिलो व्याटिङमा उत्रिएको काठमाडौं गोल्डेन्सले अमित श्रेष्ठको ३६ रनको महत्वपूर्ण आपेनिङमा ज्ञानेन्द्र मल्लले ३८ रनको योगदान थपे । एस. भाटी शून्य रनमै पवेलियन फर्किएपछि बी थापा पनि १० रनमा क्रिज छोड्न विवश भएका थिए ।
पी थापाले नटआउट १६ रनको योगदान दिदाँ तीन खेलाडी शून्यमै फर्किए । चार खेलाडी दोहोरो अंकको रन बनाउबाट चुके । बलिङ तर्फ सोमपाल कामी, ललितसिंह भण्डारीले २—२ विकेट लिए । file pic


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…