
पोखरा(खेलाडी न्युज)-शुभकामना कप नकाउट फुटबल प्रतियोगिताको पाँचौ सस्करण आजदेखि हेमजाको गौरीशंकर फुटबल मैदानमा शुरु हुदैै छ । हेमजा युनाईटेडको आयोजनामा शनिबार उदघाटन खेल हेमजा ११ एले डेविडफल युवा क्लबसँग खेल्ने छ ।
२ लाख २२ हजार २२२ रुपैयाँ पुरस्कार राशीको फुटबल प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गर्ने छन् । आयोजक हेमजा ११ का ए र बी, नेपाली सेनाको पश्चिम पृतना हेड क्र्वाटर विजयपुर, नवआदर्श सामुदायिक विकास समाज लामाचौर, बाग्लुङ फुटबल संघ, वालिङ युनाईटेड, एलजी एशोसियसन लालीगुराँस टोल, लेकसाईड फुटबल क्लब लेकसाईड, संगम फुटबल क्लब बाझापाटन, ईन्द्रेणी एकिकृत विकास केन्द्र नदीपुर, अमरसिंह ब्वाईज क्लब, पश्चिमाञ्चल फुटबल टे«निङ सेन्टर पोखरा, डेविडफल्स युवा क्लब, शितलज्योति युवा क्लब, गार्डेन फुटबल क्लब र सहारा क्लबले सहभागिता जनाएका छन् ।
‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गौरीशंकर खेल मैदान (गैरी) मा आयोजित प्रतियोगिता वैशाख १ गते देखि ८ गते सम्म चल्ने छ । प्रतियोगितामा विजेताले २ लाख २२ हजार २ सय २२ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफि, पदक र प्रमाण पत्र रहेको छ ।
प्रत्योगितामा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्डर, स्ट्राईगर, उच्च गोलकर्ता खेलाडीलाई पुरस्कार प्रदान गरिने आयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए । सर्वोकृष्ट खेलाडीलाई सात हजार ट्रफी र अरुलाई पाँच÷पाँच हजार र ट्रफीको व्यवस्था गरिएको छ। त्यस्तै अनुशाशित टिमलाई नगद १० हजार र ट्रफि प्रदान गरिने छ।
प्रत्योगिताको प्रत्यक खेलमा म्यान अफ दि म्याचलाई १ हजार ५ सय र ट्रफि प्रदान गरिने छ।
प्रतियोगिताको प्रथम पुरस्कार जनता हार्डवयर्सका प्रोपाइटर रविन कुँवर र सन्तोष किराना स्टोर्सका प्रोपाइटर सन्तोष क्षत्रीले दिने घोषणा गरेका छन् । त्यसैगरी सरल हार्डवयर्स एण्ड सप्लायर्सका प्रोपाइटर लेखबहादुर कुँवरले द्धितीय पुरस्कार प्रायोजन गरेका छन् ।
कास्की जिल्ला फुटबल संघले सहप्रायोजक र पोखरा लेखनाथमहानगरपालिका वडा नं २५ हेमजाले उपप्रायोजन गरेका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि करिव १८ लाख ६८ हजार ३ सय ३३ रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको उदघाटन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्ने छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…