
पोखरा(खेलाडी न्युज)—२७ वर्षदेखि पोखरा रंगशाला व्याडमिन्टन हलको पेटीमा फुल कन्ट्याक्ट कराँते प्रशिक्षण गराउँदै आएका स्वयंसेवक प्रशिक्षक शिव गुरुङलाई कास्की जिल्ला खेलाडी संघले सम्मान गरेको छ । नयाँ वर्षको अवसरमा शनिबार आयोजित प्रभातफेरी पछि पोखरा रंगशालामा विशेष समारोह बीच गुरुङलाई सम्मान गरिएको हो । गुरुङलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरेका थिए ।
पोखराको चिप्लेढुंगाबाट शुरु भएको प्रभातफेरी पोखरा रंगशालाको सेमी कभर्ड हलमा पुगेर सम्मान कार्यक्रममा परिणत भएको थियो । संघले पोखरा रंगशाला पर्खाल घेराबन्दी गर्न महत्वपूर्ण भूमिका खेलेका पर्खाल निर्माण समितिका पदाधिकारीलाई समेत सम्मान गरेको थियो ।
सम्मानित हुनेमा पर्खाल निर्माण समितिका अध्यक्ष प्रा.डा विरेन्दसिंह गुरुङ, तेजबहादुर गुरुङ, बसन्त थकाली, खेम गुरुङ, सुर्य गुरुङ(बेलायत), मुक्षेत्र गुरुङ(बेलायत), ई. किसानसिंह गुरुङलाई दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । त्यस्तै मरणोपरान्त स्व.इन्द्रबहादुर गुरुङ र स्व. शिवशंकर रन्जितलाई सम्मान गरिएको थियो । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले सम्मानित गरेका थिए ।
नेपाल भुतपुर्व खेलाडी मन्चको अगुवाईमा गठित पोखरा रंगशाला पर्खाल घेराबन्दी निर्माण समिति गठन गरिएको थियो । डा. विरेन्द्रसिंह गुरुङको अध्यक्षतामा गठित समितिले २०६१ सालमा झण्डै एक करोडको लागतमा रंगशालाको तीन दिशामा पर्खाल घेराबन्दी गर्ने कार्य पुरा गरेको थियो । पर्खाल घेराबन्दीको लागि बेलायतबाट सुर्य र मुक्षेत्र गुरुङले आर्थिक सहयोग गरेका थिए । सेती नदी किनार तर्फ पनि विभिन्न व्यक्तित्वको पहलमा तारजाली लगाईएको छ ।
खेलाडी संघका अध्यक्ष दिपकबहादुर गोदारले पर्खाल निर्माण समितिको पहल पर्खाल घेराबन्दी नभएको भए पोखरा रंगशाला यो अवस्था नआउने जिकिर गरे । त्यसैले सम्मानको हकदार पर्खाल निर्माण समिति रहेकोमा कसैको दुईमत नभएको प्रष्टयाए । उनले आफनै गुरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।
कार्यक्रममा खेलाडीको तर्फबाट बक्सिङका अन्तराष्ट्रिय पदक विजेता गणेश भट्टराई, नेपाल ओलम्पिक कमिटिका सदस्य एवं नेपाल ह्याण्डबल संघका अध्यक्ष सम्मानित व्यक्तित्व तेजबहादुर गुरुङ लगायतले खेलकुदको विकासमा राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रम सञ्चालन गर्दै संघका महासचिव हिमाल खड्काले खेलकुदप्रति युवापुस्तालाई प्रेरित गर्ने लक्ष्य र उद्देश्यसहित गठित संघले पोखराको खेलकुद र खेलाडीको हकहितको लागि आफनो आवाजलाई निरन्तर उठाईरहने अठोट गरे । तस्वीर सन्जय शाक्य । धन बस्नेत


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…