
एजेन्सी— म्यान अफ दि म्याच जासन रोयले नटआउट ९१ रनको पारी खेलेपछि नेपाली स्पीनर सन्दीप लामिछानेको टोली दिल्लीले डेयर डेभिल्सले फराकिलो लक्ष्यलाई तीन विकेटको क्षतिमा पुरा गर्दै पहिलो जित दर्ता गरेको छ ।
भारतीय प्रिमियर लिग अन्तर्गत दिल्लीले तेस्रो खेल खेल्ने क्रममा मुम्बई इण्डियन्सलाई सात विकेटले पराजित गर्ने क्रममा १९५ रनको लक्ष्य पछ्याएको थियो । रोयले ५३ बल खेल्ने क्रममा छ छक्का र छ चौका हिर्काउँदै नटआउट ९१ रनको महत्वपूर्ण इनिङ सम्हाले ।
ओपनिङ रुपमा क्रिज छिरेका उनले दिल्लीलाई जित दिलाउँदै क्रिज बाहिर निस्किएका थिए । उनलाई अन्तिममा साथ भने एसएस ईयरले दिएका थिए । ईयरले २७ रन बनाउने क्रममा २० बल खेले । कप्तान गौतम गाम्भीरलाई १५ रनमा गुमाएपछि दिल्लीले दोस्रो विकेटको रुपमा आरआर पन्त गुमायो ।
पन्तले ४७ रन बनाउँदै अर्धशतकको लक्ष्यमा अग्रसर रहँदा कुर्नाल पाण्डेको बलमा के. पोलार्डको हातबाट क्याच हुन पुगे । तेस्रो विकेटको रुपमा जी.जे म्याक्सवेललाई गुमाएको थियो । उनले केवल १३ रन मात्रै जोडे ।
मुम्बई इण्डियन्सले एस.ए यादवको अर्धशतकीय पारी खेल्दै सात विकेटको क्षतिमा १९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । इ.लुईसले ४८ रनको योगदान दिदाँ इशान किसनले पनि ४४ रनको पारी खेले । रोहित शर्माले बाउल्टको बलमा आउट हुनुअघि १८ रन बनाएका थिए । कुर्नाल पाण्डेले ११ रन जोडे भने अन्य व्याट्सम्यान सस्तैमा पवेलियन फर्किए । बाउल्ट, डि.टी क्रिष्टियन र आर टिवाटियाले समान २—२ विकेट लिएका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…