
पोखरा(खेलाडी न्युज)-शुभकामना कप अन्तर्गत दोस्रो दिन आईतबार दोस्रो खेलमा दुईक्लबका खेलाडी तीन जर्सीमा मैदानमा उत्रिए । शितलज्योतिले निलो जर्सीमा उत्रिदाँ ईन्द्रेणी एकिकृत विकास केन्द्रका खेलाडीहरु भने दुई फरक जर्सीमा मैदानमा उत्रिए । एथलेटिको मड्रिड र म्यानचेष्टर युनाईटेडको जर्सीमा खेलाडीले लाईनअप गरे । दुई जर्सीमा खेलाडीको लाईनअपप्रति हेक्का कसैले पनि राखेनन् । ८ जना खेलाडीको जर्सी एउटा, र दई खेलाडीको जर्सी भिन्दै थियो । गोलकिपरले भने आफनै गोलकिपिङ जर्सीले लगाउने गरिएको छ । फरक जर्सी लगाउँदै मैदान उत्रिदैं जितको नजिता आत्मसात समेत गरेर खुशीयाली मनायो । फरक फरक जर्सीमा देखिदाँ टुहुरे ताल देखिएको थियो ।
क्लबले प्रतियोगितामा सहभागिता जनाउँदा जर्सी विहीन मैदानमा उत्रिनु दुर्भाग्य नै हो । स्थानीय दर्शकले समेत ईन्द्रेणीका खेलाडी दुई जर्सीमा उत्रिएको हेक्का राखे । फरक जर्सीमा उत्रिनु फुटबलको मर्यादा विपरित हो । तर त्यसमा आयोजक हेमजा युनाईटेड तथा अफिसियलले समेत कुनै प्रतिक्रिया जनाएनन् । मुख्य रेफ्रीको भूमिका शुशिल केसीले गरेका थिए । उनले पनि क्लबको जर्सी विरुद्ध खासै प्रतिवाद गरेनन् । आयोजकले दुई जर्सी लगाउने विरुद्ध कुनै प्रतिक्रिया नजनाउँदा अफिसियलले समेत खेल खेलाई टुंग्याए ।
अमरसिंह व्वाईज क्लब निर्धारित समय खेल्न नपर्दै क्र्वाटरफाईनल प्रवेश गर्ने भाग्यमानी टोली बन्दा ईन्द्रेणी एकिकृत विकास केन्द्रको भाग्य भने टाइब्रेकरमा खुल्यो । हेमजा युनाईटेड क्लबको आयोजनामा दोस्रो दिन आईतबार लेकसाईड फुटबल क्लबले वाक ओभर दिदाँ अमरसिंह ब्वाईज क्लबले विना मेहनत हेमजामा आयोजित शुभकामना कप नकाउट फुटबल प्रतियोगिताको अन्तिम आठको स्थान सुरक्षित बनाउन पुग्यो ।
दुई पटकको अग्रता जोगाउन नसक्दा ईन्द्रेणी एकिकृत विकास केन्द्रले शितल ज्योति युवा क्लबलाई टाईब्रकेरमा ४—२ गोलले पन्छाउँदै क्र्वाटरफाईनल सुरक्षित गर्यो । इन्जुरी समयमा पाएको फ्रिकिकलाई शितलज्योतिले सदुपयोग गरेपछि खेल अतिरिक्त समयमा धेकेलियो । अतिरिक्त समयमा गोल नभएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरियो । कृष्ण राना र रुपेश गुरुङको पेनाल्टीलाई ईन्द्रेणी गोलकिपरले बचाउ गर्दै जित सुनिश्चित बनाए । विश्वास कार्की र कप्तान आदर्श शाहीले गोल गरेपनि पर्याप्त हुन सकेन् । ईन्द्रेणीका संगम दर्जी, निशान गुरुङ, विक्रम पुन र प्रमिश गुरुङको पेनाल्टी गोलमा परिणत भएको थियो ।
सातौं मिनेटमा गोल गर्दै ईन्द्रेणीले अग्रता लियो । बुद्ध गुरुङले डिबक्सभित्रको बल क्लियर गर्न नसक्दा प्रेम छन्त्यालले साईड भली हिर्काउँदै गोल गरे । तर पहिलो हाफ टुंगिन केही मिनेट बाँकी रहँदा शितलज्योतिका सुशान गुरुङले बराबरी गोल फर्काए । डिबक्स लाईन नजिकै पाएको फ्रिकिकलाई उनले सिधै पोष्टको दिशा दिएपछि पहिलो हाफ १—१ कोस्थितिमा टुंगियो ।
३९ औं मिनेटमा विशाल गुरुङले गोलकिपर अगाडि बढेको अवस्थामा फ्लिक गर्दै गोलगरेपछि ईन्द्रेणी पछि प¥यो । ४८ औं मिनेटमा ईन्द्रेणीले बराबरी गोल फर्काउन फ्रिकिकलाई उपयोग ग¥यो । ३५ यार्ड टाढा पाएको फ्रिकिकलाई सन्नी गुरुङले सिधै पोष्टको दिशा दिए । शितलज्योतिका गोलकिपर अगाडि बढेको अवस्थामा बलसिधै पोष्टभित्र छिर्दा गोलकिपरले कुनै निर्णय नै गर्नै सकेनन् ।
६८ औं मिनेटमा म्यान अफ दि म्याच प्रमिश गुरुङले गोल गर्दै दिलाएको अग्रता इन्जुरी समयमा बराबरी गोल फर्किएपछि खेल थप दश मिनेट लम्बिन पुग्यो । प्रमिशले डिफेन्सले गोलकिपरलाई दिएको ब्याकपासलाई कलेक्ट गर्दै डिफेन्स र गोकिपरलाई छलाउँदै पोष्टको दिशा दिदैं जित तर्फ उन्मुख भएका थिए । तर सुशान गुरुङले आर्कमा पाएको फ्रिकिकलाई सेकेण्ड बार च्याप्दै गोल गरेपछि खेल ३—३ को बराबरीमा टुंगिदैं पेनाल्टीमा पुग्यो ।
यसैगरी सहारा क्लबले पाहुनाको रुपमा भित्रिएको बाग्लुङ फुटबल क्लबलाई ४—२ गोलले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ । गंगा गुरुङको ह्याट्रिक गर्दै सहज जित दिलाउने क्रममा तोरण गुरुङले नवौं मिनेटमा गोल गरेका थिए । गंगाले २२, ३७ र ६५ औं मिनेटमा ह्याट्रिक गर्दै पहिलो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा दरिए । बाग्लुङका लागि रोशन लामिछानेले १६ र ३५ औं मिनेटमा गोल गर्दै प्रतिस्पर्धात्मक बनाउने प्रयास भने अन्तिममा असफल हुन पुग्यो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…