साह सिंगापुरमा खेल्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ६ गते २०७५ मा प्रकाशित


काठमाडौं( खेलाडी न्युज) नेपाली क्रिकेट राष्टिय टोली सदस्य एवं युवा क्रिकेटर अनिलकुमार साहले सिंगापुरमा व्यावसायिक क्रिकेट खेल्न जाँदै छन् । उनले सिंगापुरको एलिट प्लेयर टी–२० सिरिज खेल्ने अवसर पाएका हुन् । उनलाइए सिंगापुरको क्रिमसनमा आवद्ध हुदै सिंगापुर एलिट प्लयेर टी२० सिरिज खेल्ने भएका हुन् ।

उनी सम्मिलित टिमको प्रशिक्षक पाकिस्तानका बिलाल ससद हुन् भने अमजाद महबुबको कप्तानीमा रहेको टिममा जिम्बाब्वेका ङरभा पनि छन् । प्रतियोगितामा तीन टिम छन्, जसले समूह चरणमा चार खेल खेल्नेछन् । १ मेमा एउटा टिमले दुई खेल खेल्नेछ । त्यसपछि हरेक दिन एक खेल हुनेछ र फाइनल मे ५ मा छ ।

यो प्रतियोगिता सिंगापुरको यू–१९ तथा केही सिनियर खेलाडीलाई लक्षित गरेर आयोजना गरिएको हो । सिंगापुरको टिममा स्थान बनाउन सक्छन् । प्रतियोगितामा जिम्बाब्वे, थाइल्याण्ड, इण्डोनेसियाका पनि केही खेलाडीले मौका पाएका छन् ।