आयोजक बाहिरिदा स्याङजा र अमरसिंह ब्वाईज उपाधिको लागि भिड्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ७ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- पाँचौ सस्करणको शुभकामना कप फुटबल प्रतियोगिताको उपाधि जोगाउने सपना आयोजकका दुवै टोलीको टुक्रिएको छ । सेमिफाईनल समीकरणमा दुवै टोली नतष्मक बनेपछि उपाधि जोगाउने सपना अब अर्को वर्ष कुर्नुपर्ने भयो ।

उपाधि उचाल्ने लक्ष्यमा रहेपनि सेमीफाईनलमा पराजित हुदैं आयोजकले एकवर्षको लागि विट मार्नुपर्ने परिस्थति रह्यो । स्याङजाले आयोजक हेमजा ११ एलाई र अमरसिंह व्वाईज क्लबले हेमजा ११ बीलाई उही दिनमा फरक गोल अन्तरले पन्छाउँदै फाईनल सुरक्षित बनाउँदा घरेलु दर्शक समक्ष भने आयोजकका खेलाडीप्रति साहनुभूति प्रकट गर्ने सिकाय अर्को विकल्प रहेन ।

एक गोलले पछि परेको स्याङजा युनाईटेडले शुक्रबार पहिलो सेमिफाईनल पाहुना टोली स्याङजा वालिङ युनाईटेडले आयोजक हेमजा ११ एलाई प्रतिस्पर्धात्मक खेलमा २—१ गोलले पराजित गर्दै उपाधि निकट पुग्यो । स्याङजाका लागि विश्वास श्रेष्ठ र लक्ष्मण रुचालले गोल गरे । यद्यपी विश्वास श्रेष्ठले भने फाईनलमा आफनो उपस्थितिलाई गुमाउन पुगे । उनले प्रतियोगितामा दुई पहेलो कार्ड खान पुगे ।

सेमिफाईनल खेलको लागि भित्र्याएको अफ्रिकन खेलाडी मार्टिनको गोलबाट लिएको अग्रतालाई हेमजा ११ एले जोगाउन सकेन् । पाँचौ मिनेटमा गोल गर्दै हेमजाले घरेलु मैदानको फाईदा उठाउने प्रयास पहिलो हाफको सकिन चार मिनेट अघि विफल बनायो । ३१ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै स्याङजालाई बराबरी गोल फर्काउँदै खेलमा पुनरागमन गराए । लक्ष्मण रुचालले ७२ औं मिनेटमा निर्णायाक गोल गर्दै स्याङजाको लागि फार्ईनल सुरक्षित बनाउँदा आयोजक पनि निराश बन्न पुग्यो ।

हेमजाका जीवन गुरुङले रातो कार्ड मैदान बाहिरिएपछि स्याङजाले दबाव सृजना गर्न सहज बनेको थियो । स्याङजाका विष्णु थापा म्यान अफ दि म्याच घोषित भए । आयोजक हेमजा ११ बीलाई ४—१ गोलले पराजित गर्दै अमरसिंह ब्वाईज क्लबले शुभकामना कप नकाउट फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । एकपछि अर्को गोलको दवाव खेपेपछि खेल पनि एकपक्षीय बन्दै गएको थियो ।

दोस्रो सेमिफाईनलमा पनि आयोजक हेमजा ११ बीले उस्तै नियति भोग्नु प¥यो । खेलमा लिएको अग्रतालाई जोगाउन नसक्दा दोस्रो हाफमा फराकिलो अन्तरले पराजय व्यहोर्दै सेमिफाईनलसम्मको यात्राबाट विट मा¥यो । अस्मित कुँवरले २६ औं मिनेटमा गोल गर्दै आयोजकलाई घरेलु मैदानमा इज्जत जोगाउन प्रयास गरे । तर दोस्रो हाफमा खेल पुरै अमरसिंह ब्वाईजको पक्षमा पुगेपछि उनको गोल खेल टुंगिदाँ सान्त्वनामा परिणत भएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा सोम तामाङले गोल गर्दै अमरसिंह ब्वाईजलाई बराबरीमा ल्याए । खेलको ३८ औं मिनेटमा पदम भट्टराईले अमरसिंहका लागि गोल गर्दै अग्रता दोब्बर बनाए । सुनिल गोतामेले ४३ औं मिनेटमा र अनिष तामाङले ५३ औं मिनेटमा गोल गरेपछि अमरसिंह ब्वाईजले फराकिलो गोल अन्तरसहित विजयहासिल गर्दै उपाधिको लागि स्याङजासँग खेल्न पक्का ग¥यो । दुवै टोली दश खेलाडीमा सेमिफाईनल टुग्याएका थिए । हेमजाका ज्ञानेन्द्र कार्की र अमरसिंह ब्वाईजका सुनिल गोतामेले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि दुवै टोली दशखेलाडीमा सीमित हुन पुगे ।

हेमजा युनाईटेडको आयोजनामा नव वर्षको अवसरमा गौरी शंकर खेल मैदानमा आयोजित शुभकामना कप नकाउट फुटबल प्रतियोगिताको विजेता टोलीले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छ । उपविजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफि, पदक र प्रमाण पत्र प्राप्त गर्ने आयोजक हेमजा युनाईटेडले जनाएको छ । प्रत्योगितामा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट कोच, उत्कृष्ट गोलकिप्पर, डिफ्रेन्स, मिड फिल्डर, स्टाइगर, बढी गोल गर्नेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ। सर्वोकृष्ट खेलाडीलाई सात हजार ट्रफी र अन्य विधागतलाई पाँच÷पाँच हजार र ट्रफीको व्यवस्था गरिएको छ । त्यस्तै अनुशाशित टिमलाई नगद १० हजार र ट्रफि प्रदान गरिने छ ।