शसस्त्र प्रहरी माईभ्याली गोल्डकपको क्र्वाटरफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ७ गते २०७५ मा प्रकाशित


इलाम(खेलाडी न्युज) वर्षको पहिलो प्रतियोगिता माईभ्याली गोल्डकपमा शुक्रबार पाहुना टोली बंगलादेशी क्लबलाई पराजित गर्दै शसस्त्र प्रहरी बलले जितको खुशी मनाएको छ । माईभ्याली फुटबल क्लबको आयोजनमा सञ्चालित गोल्डकपको दोस्रो दिन सशस्त्र प्रहरी बलले बंगलादेशको कावरान प्रगति संघ,लाई ३–१ ले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेको छ ।

शुक्रबार इलामस्थित ठूलो टुँडिखेल मैदानमा सम्पन्न खेलमा एपिएफले एपिएफको जितमा खेलको दशौं मिनटमै युवराज खड्काले पहिलो गरे भने ३५ औं मिनटमा रुप लामाले एपिएफका लागि दोस्रो गोल गरे । त्यस्तै ४८ औं मिनटमा नबिन लामाले गोल गर्दै एपिएफको अग्रता तेब्बर पारेका थिए ।

उता पराजित कावरानका लागि ७८ औं मिनटमा आलमगिरले एक मात्र सान्त्वना गोल फर्काए । शुक्रबारको खेलमा एपिएफका रुप लामा म्यान अफ म्याच घोषित भए । माइभ्याली एफसी, इलामको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबारको खेल सिएमजी संकटा क्लब र सिक्किम युनाइटेड भारतबीच हुने आयोजकले जनाएको छ ।