
पोखरा, (खेलाडी न्युज)-खेलाडीले अब हाईअल्टिच्युडमा खेलुकद प्रशिक्षण लिने पाउने छन् । हिमालपारीको जिल्ला मनाङमा हाईअल्टिच्युड स्पोर्टस टे«निङ सेन्टर निर्माण गरिएको छ । नेपालको यो पहिलो हाईअल्टिच्युड स्पोर्टस टे«निङ सेन्टर हो ।
नेपाल सरकारको अभियान अन्तर्गत मनाङको तिमाङमा निर्माण गरिएको टे«निङ सेन्टरको विधिवत उदघाटन गरिएको छ । उदघाटनसँगै हाईअल्टिच्युट स्र्पोट्स टे«निङ सेन्टरमा चामे गाउँपालिकाको आयोजनामा गाँउपालिकास्तरीय फुटबल प्रतियोगिता समेत आयोजना गरिएको छ ।
टे«निङ सेन्टर २०६५ सालमा बनाउन शुरु गरिएको थियो । २०७४ को अन्तिममा निर्माण पुरा भएको हो । निर्माण पुरा लगत्तै मंगलबार मात्रै मनाङका प्रतिनिधि सभाका संसाद पाल्तेन छुब्देनले ट्रेनिङ सेन्टर र गाँउपालिकास्तरीय फुटबल प्रतियोगिताको एकैसाथ उदघाटन गरे । ‘अब हिमालपारीको जिल्ला मनाङ आईअल्टिच्युड स्र्पोटस हब बन्ने छ ।’ उनले भने—‘स्पोर्टससँगै पर्यटनमा टेवा पुग्ने आशा र विश्वास लिएका छौं ।’
सांसद छुब्देनले हाईअल्टिच्युट टे«निङ सेन्टरको लागि आवश्यक अन्य पुर्वाधार बनाउन पाँचकरोडको प्रस्तावसहितको योजना सम्बन्धी निकायमा पेश गरिसकेको बताए । ‘अन्य पुर्वाधारको लागि बजेटसहितको योजना पेश गरिसकेका छौ’ उनले भने—‘सम्बन्धीत निकायले पनि त्यसप्रति गम्भीरता देखाएको छ ।’
टे«निङ सेन्टर समुद्री सतहदेखि २७ सय मिटरको उचाईमा छ । मनाङको धारापानी गाउँभन्दा केही माथि पर्छ । चामेको बजार भन्दा तल ट्रेनिङ सेन्टर बनाईएको छ । एक दशक लगाएर १ करोड ४१ लाखको लागतमा निर्माण गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए । उनले प्रदेशस्तरीय प्रतियोगितालाई मनाङमा ल्याउन(लैजान) सकिने अभिव्यक्ति दिए ।
ट्रेनिङ सेन्टर बनाउन युवा तथा खेलकुद मन्त्रालयले १० लाख आर्थिक सहयोग उपलब्ध गराएको थियो । राष्ट्रिय खेलकुद परिषदले ४९ लाख, जिल्ला विकास समिति मनाङले ६७ लाख ५० हजार, तत्कालिन धारापानी गाँउविकास समितिले ५० हजार, ताचैबगर छाप चामे गाविसले ५० हजार, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप मनाङ)ले ५० हजार, पुर्व कानून मन्त्री देवप्रसाद गुरुङले निर्वाचन क्षेत्र विकास कोष मार्फत १ लाख, पुर्व मन्त्री टेकबहादुर गुरुङले पनि निर्वाचन क्षेत्र विकास कोष मार्फत ९ लाख ५० हजार र नेपालको ए डिभिजन क्लब लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।
खेलकुद मैदानले २४ रोपनी क्षेत्रफल चर्चेको छ । १०० मिटर लम्बाई र ६० मिटर चौडाईको ‘स्टान्डण्र्ड’ मापदण्ड अनुसार नै खेल मैदान निर्माण गरिएको छ । ‘भलिबलको लागि इण्डोर हल निर्माण गर्नुपर्ने माग स्थानीयको छ ।’ कार्यालय प्रमुख योगीले भने—‘एथलेटिक्सको लागि रनिङ ट्रयाक र हल बनाइएको अवस्थामा प्रदेश नै ४ कै उत्कृष्ठ स्पोर्टस हब भन्ने छ ।’ नेपाली सेनाको श्रमदान तथा स्थानीयको सहयोगमा ट्रेनिङ सेन्टरको रुपमा फुटबल मैदान बनाइएको छ । मैदान वरिपरी ‘रनिङ ट्रयाक’निर्माण गर्नुपर्ने खाँचो देखिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका नासु डिबी नेपालीले जानकारी दिए । हल र रनिङ ट्रयाकको लागि थप जग्गा लिनुपर्ने अवस्था छ ।
फुटबल मैदान निर्माण गरिएको जग्गा जिल्ला खेलकुद विकास समिति मनाङको नाममा छ । बाँकी जग्गा स्थानीय गौरीशंकर आधारभूति विद्यालयसँग सम्झौता गरेर अधिग्रहण गर्न सकिने उनको भनाई थियो । ‘समिति र विद्यालयको गरी ६५ रोपनी क्षेत्रफल छ’ उनले भने—‘आवश्यक पुर्वाधार बनाउन अधिग्रहण गर्ने विषयमा विद्यालय र स्थानीयले सहयोग गर्ने प्रतिबद्धता गरिसकेका छन् ।’
हाईअल्टिच्युडकै कारण बाह्रै महिना प्रशिक्षण गराउन सक्ने अवस्था भने रहदैन् । ‘इण्डोर हल निर्माणपछि हिउँदमा पनि टे«निङ गराउन सकिन्छ ।’ जिल्ला खेलकुद विकास समिति मनाङका कार्यालय प्रमुख सिंहबहादुर गुरुङले भने—‘हिउँ पर्दा हुदैन् अरुबेला प्रशिक्षण गराउन सकिन्छ ।’ उनले इण्डोर हल दुईवटा भलिबल कोर्टसहितको बनाउने योजना रहेको सुनाए । ‘दुईवटा भलिबल कोर्टको हल बनाउन सकिए व्याडमिन्टन र बास्केटबल पनि खेलाउन सकिन्छ’ उनले भने—‘त्यसको लागि सर्भे भईसकेको छ तर रिपोर्ट आईसकेको छैन् ।’ उनका अनुसार दौडको लागि ट्रयाक र इण्डोर हल बनाउन १० करोड भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । हल मात्रै बनाउन ६ करोड लाग्ने अनुमान छ ।
मोटरबाटोको सुविधा समेत रहेको तिमाङमा टे«निङ सेन्टर निर्माणले खेल पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिने विश्वास कार्यालय प्रमुख गुरुङले लिएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) अन्तर्गतको राउण्ड अन्नपुर्ण पदयात्रा मार्गमा पर्ने तिमाङमा निर्मित खेलकुद पुर्वाधारले बाह्य पर्यटकलाई समेत लोभ्याउने विश्वास गरिएको छ । निर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्तित्वलाई समेत उदघाटन समारोहमा सम्मान गरिएको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…