
एजेन्सी -क्लब फुटबलका सर्वाधिक महंगा फुटबलर नेयमार भने प्रशिक्षणमा फर्किएका छन् । उनी शनिबार मात्रै आफनो क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)सँग प्रशिक्षणमा फर्किएका हुन् । यद्यपी उनी अझै पूर्ण रुपमा फिट भईसकेका छैनन् । उनी मे १७ मा पूर्ण रुपमा प्रशिक्षणको लागि फर्किने सम्भावना छ ।
कुर्कुचाको चोटले लामो समय उनी मैदान बाहिर थिए । ब्राजिलमा उनको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनको अवस्था सुधार हुदैं प्रशिक्षणमा फर्किएका हुन् । रसियामा हुने विश्वकपको लागि उनी पूर्णरुपमा फिट हुने छन् ।
गत शुक्रबार उनले खाली खुट्टा प्रशिक्षण गरेका थिए । उनी पिएसजीको अन्तिम फाईनल खेलको लागि फर्किने सक्ने अवस्था छ । पूर्ण रुपमा फिट हुन उनले अधिकांश समय जिममा विताउँदै आएका छन् । ब्राजिल फुटबल टोलीका चिकित्सक रोर्डिगो लस्मारको भनाई अनुसार सिजन अन्त्य हुनु अघि उनी फुर्णरुपमा फिट हुने छन् । file pic.


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…