
पोखरा(खेलाडी न्युज)- कास्की बडिविल्डिङ तथा फिटनेस संघले मध्य साउनमा ‘प्रथम मिस्टर पोखरा शारिरीक सुगठन प्रतियोगिता २०७५’ गर्ने भएको छ । प्रतियोगिता पश्चिमाञ्चल स्तरीय हुने छ । पश्चिमाञ्चलका १६ जिल्लाका खेलाडीहरुले मिस्टर पोखरा बन्न प्रतिस्पर्धा गर्ने कास्की बडिविल्डिङ तथा फिटनेस संघका अध्यक्ष राजुकुमार थापाले जानकारी दिए ।
युवाहरुलाई लागुपदार्थको कुलतबाट मुक्त राख्दै फिटनेसको माध्यमबाट स्वाथ्य समाज निर्माण गर्ने उद्देश्यसहित संघले विभिन्न कार्यक्रम गर्दैआएको छ । संघले पोखरामै पहिलो पटक शारिरीक सुगठनका खेलाडीहरुलाई स्पोर्टस मेडिसिन सम्बन्धी आवश्यक परामर्श समेत दिएको थियो ।
साउन १९ गते हुने प्रतियोगितामा १२५ खेलाडीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गराईने छ । प्रत्येक तौल समूहको विजेताले ओभरअलमा प्रतिस्पर्धा गर्ने छन् । ओभर अलमा विजेता हुने खेलाडीले नगद ५० हजार रुपैयाँसहितको ट्रफी पाउने उनले बताए । प्रत्येक तौल समूहको विजेताले नगद १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउने छ । प्रतियोगिताको लागि संघले ५ लाख खर्च हुने अनुमान गरेको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…