भिमकाली कपको उपाधीका लागी तारा र सँगम भिड्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २५ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पुरानो टुडिखेल मैदानमा जारी दोस्रो भिमकाली कपको उपाधीका लागी तारा फुटबल क्लब र सँगम फुटबल क्लब भिड्ने भएका छन । मंगलबार सम्पन्न सेमिफाईनलमा लेकसाईड फुटबल क्लबलाई ट्राईबेकर मार्फत २–० को गोल अन्तरले पराजित गर्दै सँगम फुटबल क्लब फाईनल प्रबेश गरेको हो । खेलको निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो ।

सँगमका गोल रक्षक राजन गुरुङले आकर्षक बचाउ गर्दै म्यान अफ द म्याच बन्न सफल भए । म्यान अफ द म्याच बन्न सफल उनले ट्रफि तथा आकर्षक एक सेट मोबाई हात पारे । रत्न समाज सेवा र तारा फुटबल क्लब बिच भएको दोस्रो सेमिफाईनल खेल १÷१ को बराबरीमा सकिएपछि ट्राईबेकर मार्फत ३–१ को गोल अन्तरले रत्न समाजलाई हराउदै फाईनलमा सँगम सँगको भेट पक्का ग¥यो ।

दोस्रो हाफमा तारा फुटबल क्लबका गोबिन थापाले गोल गर्दै आफ्नो टिमलाई जित तर्फ डो¥याएता पति रत्न समाजका प्रेम बहादुर छन्त्यालले जवाफी गोल फर्काईदिए । त्यसको केही बेरमै ताराका कृष्ण कुँवरले रत्न समाजका खेलाडीलाई लडाईदिएपछि रातो कार्ड पाउदै कुँवर मैदान बाहिरीए । त्यस लगत्तै ताराकै अर्का खेलाडी लक्ष्मण रुचालले नियतबश हातले बल प्रहार गरेको भन्दै पहेलो कार्डको शिकार बने । सो कार्ड उनको लागी प्रतियोगिताको दोस्रो पहेलो कार्ड बन्न पुग्यो । जसको कारण उनी फाईनल खेलमा मैदानमा प्रबेश पाउने छैनन् । उक्त खेलबाट तारा फुटबल क्लबका गोबिन थापा म्यान अफ द म्याच घोषित भए । थापाले ट्रफि तथा आकर्षक एक सेट मोबाई प्राप्त गरे ।

बुधबार मध्यान्न १२ बजे सम्पन्न हुने फाईनल खेलमा तारा फुटबल क्लको तर्फबाट ६ जना मात्र खेलाडी मैदानमा उत्रनेछन । यसै बिच सँगम फुटबल क्लबका टिम म्यानेजर माया गुरुङले कपको उपाधी आफ्नो पोल्टामा पर्ने दाबि गरेका छन । उनले सेमिफाईनलका खेल समापन भए पश्चात आयोजित पत्रकार सम्मेलमा बोल्दै बिपक्षी टिम तारा फुटबल क्लबले आफ्नो महत्वपुर्ण दुई खेलाडी गुमाउन पुगेकोले उपाधी जित्ने दाबी गरेका हुन । उनले भने “हाम्रो टिममा यसै पनि गुणस्तरिय खेलाडी थिए, झन दुईबटा राम्रा खेलाडी बिना बिपक्षी टिम मैदानमा उत्रने भएपछि हामी सहजै जित्छौ ।”