
पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला क्लबस्तरीय राउण्ड रोविन क्रिकेट लिगको उपाधिको लागि माछापुच्छ्रे क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबसित प्रतिस्पर्धा गर्ने छ । अरण्यज्योति र पोखरा क्रिकेट क्लब बीचको खेल वर्षाले रोकिएकोपछि दुवैले अंक बाँडे । अंक बाडँेको फाईदा भने सांग्रिला क्रिकेट क्लबलाई पुग्यो । सांग्रिला र पोखरा क्रिकेट क्लबको समान ४—४ अंक भएपनि नेट रनरेटको आधारमा सांग्रिलाको फाईनल खेल्ने भाग्य खुल्यो ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्रिकेट लिगमा दुई खेल पानीले अवरुद्ध भयो । फाईनल खेल्ने पोखरा क्रिकेट क्लबको सपनालाई बिहीबार विहानको पानीले भिजाईदियो । बिहानदेखि १२ बजेसम्म पानी परेपछि अम्पायर दिलिप अग्रहरीले खेल खेलाउन नसकिने जनाउ दिए । उनको निर्णयसँगै खेल स्थगित हुन पुग्यो । अरण्यज्योति र पोखरा क्रिकेट क्लबले एक एक अंक बाँडे ।
प्रतियोगितामा पोखरा क्रिकेट क्लब अभागी बन्यो । उसले दुई खेल पानीकै कारण गुमाउन पुग्यो । आफनै पोखरा एकेडेमीसितको प्रतिस्पर्धामा पनि पानीले रोकिन पुग्यो । पहिलो खेलमा पनि माछापुच्छ्रे क्रिकेट क्लबलाई जित्ने लक्ष्यमा अग्रसर भएपनि पानीले रोकिदाँ डिएल पद्धति अनुसार पाँच रनले पराजय भोगेपछि अभागीको ंसंकेत देखिएको थियो । अरण्यज्योति पनि पोखरा क्रिकेट एकेडेमीसँग पाँच विकेटले पराजित भएपछि फाईनल पुग्ने सम्भावना क्षीण बन्दै बनेको थियो ।
माछापुच्छ्रे क्लब शीर्षस्थानमा रहँदै फाईनल प्रवेश गर्दा दोस्रो स्थानको सांग्रिलाले उपाधि प्रतिस्पर्धाको अवसर पाएको हो । तेस्रो स्थानमा पोखरा क्रिकेट क्लब, चौथो स्थानमा पोखरा क्रिकेट एकेडेमी र पाँचौ स्थानमा तीन अंकसहित अरण्यज्योति क्रिकेट क्लब रहँदै प्रतियोगिताबाट विट मार्यो । ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सह प्रायोजन रहेको प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी प्राप्त गर्ने छन् । बेष्ट व्याट्सम्यान, बेष्ट बलर र म्यान अफ दि सिरिजबाट समेत खेलाडीलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक एवं कास्की जिल्ला क्रिकेट संघका उपाध्यक्ष ओमप्रकाश श्रेष्ठले जानकारी दिए । उनका अनुुसार प्रतियोगिताबाट कास्की जिल्ला क्रिकेट टिम छनोट गरिने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…