
पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला शारिरीक सुगठन तथा फिटनेस संघले पहिलो पटक महिला फिजिक फिटनेस प्रतियोगिता गर्ने भएको छ । पोखरामा फिटनेस गर्ने महिलाहरु बढ्दै गएको अवस्थामा प्रतियोगिताले अझै महिलालाई फिटनेसप्रति लगाव बढाउने विश्वास गरिएको छ । प्रतियोगिताकै लागि महिलाहरुलाई फिजिकल फिटनेको प्रशिक्षण समेत गराईराखिएको संघले जनाएको छ ।
साउन २५ र २६ गते पहिलो महिला फिजिक फिटनेस प्रतियोगिता गरिने संघले जनाएको छ । प्रतियोगिता दशजना महिला फिटनेसको सहभागिता रहने संघका सचिव उमेश सिकेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘पुरुष प्रतियोगिता हुदैं आएको छ तर अब महिलालाई पनि समावेश गर्नुपर्ने देखिएको छ ।’ उनले भने ।
महिला फिजिकसँगै चौथो मिष्टर माछापुच्छ«े प्रदेशस्तरीय प्रतियोगिता समेत गरिने उनले बताए । ५५ केजदेखि ७५ केजी तौलमाथिको समूहमा प्रतिस्पर्धा गराईने छ । २०६१ सालदेखि कास्की जिल्ला बडिबिल्डिङ प्रतियोगितालाई निरन्तरता दिदैं आएको संघले चौथो संस्करणलाई प्रदेशस्तरीय गर्ने निर्णय समेत गरेको छ । चौथो सस्करणको प्रतियोगिता प्रदेश नं ४ र ५ का खेलाडीहरुले सहभागिता जनाउने संघले जनाएको छ ।
प्रत्येक तौल समूहको विजेताले ओभरअलमा प्रतिस्पर्धा गर्ने छन् । ओभरमा विजेता बन्नेले चौथो मिष्टर माछापुच्छ«ेको टाईटलसँगै नगद ५० हजार रुपैयाँ पाउने छन् । दोस्रो देखि छैठौंस्थानसम्म आउनेलाई क्रमश नगद २०, १५, १२, १० र ८ हजार रुपैयाँ प्रदान गरिने संघका अध्यक्ष शंकरमान उदासले बताए । उनका अनुसार तौल समूहमा प्रतिस्पर्धा गर्दै दोस्रो र तेस्रो बन्ने खेलाडीले नगद ६ र ४ हजार रुपैयाँ पाउने छन् ।
महिला तर्फको विजेताले भने नगद १० हजार, दोस्रो हुनेले ८ हजार र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप पाउने संघले जनाएको छ । पोखरामा झण्डै तीन दर्जन जिम सेन्टर छन् । ती जिम सेन्टरमा महिला तथा पुरुषले फिटनेसको लागि प्रशिक्षण लिदैं आएका छन् । पोखरा सभागृह हलमा सम्पन्न हुने प्रतियोगिताको लागि छ लाख ५२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…