
पोखरा,(खेलाडी न्युज) जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीको अयोजनामा पोखरामा मंगलवार देखि जिम्न्याष्टिक्स तालिम शुरु भएको छ। कोरियोग्राफ्री वकर्सप, लेसन फर स्कूल एण्ड किन्डरगारेन्टस् टिचर, वल्ड एज्ड कार्यशाला गोष्ठि सहित तालिम शुरु भएको हो। तालिम बुधवार सम्म चल्ने छ।
तालिममा जर्मनी प्रशिक्षक रिनीहेसिचर टर्नवण्ड(जिएफए,डिटिवी) डेटलेफ मनाको समूह र नेपाल जिम्न्याष्टिक्स महासंघका महासचिव प्रकाशलाल श्रेष्ठद्धारा प्रशिक्षण दिइएको छ। तालिममा प्रशिक्षण दिन जर्मनी प्रशिक्षक मना सहित १६ जना जर्मनी समूह रहेको छ। निजी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, प्रिन्सीपल गरी १ सय जना सहभागिता रहेको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा लेखनाथ महनगरपालिका शिक्षा शाखा प्रमुख केदार राज आचार्यले जीवनलाई सफल बनाउनका लागि जिम्न्याष्टिक आवश्यक रहेको बताए।
‘हामीले गर्नुपर्ने काम तपाईहरुले गरिदिनुभएको छ यस अर्थमा पनि तपाईहरु वधाईको पात्र हुनुहुन्छ’ उनले भने,‘तपाईहरुको यो कार्यमा हाम्रो पनि सहकार्य र साथ रहने छ।’ नेपाल जिम्न्याष्टिक्स महासंघका महासचिव प्रकाशलाल श्रेष्ठले शरिरलाई चुस्त दुरुस्त राख्नका लागि जिम्न्याष्टिक्स उपयोगि हुने बताए। ‘जहाँ मानिस स्वस्थ त्यहाँ सवै छ’ उनले भने,‘स्वस्थ रहनका लागि जिम्न्याष्टिक्स अनिवार्य जस्तै भएको छ।’
नेशलन प्याव्सान कास्कीका अध्यक्ष राम बहादुर मोचीले कमिटीले जीवन उपयोगी कार्यक्रम गरेको बताए। हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्माले तालिम सिकेका सिकाई विद्यालयमा प्रयोग गर्न सके तालिम फलदायी हुने बताए।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…