प्रधानमन्त्री कप क्रिकेटमाप्रदेश १ र ३ को जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १५ गते २०७५ मा प्रकाशित


काठमाडौं (खेलाडी न्युज) काठमाडौंमा जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तेस्रो दिन मंगलबार प्रदेश १ र ३ विजयी भएका छन् । समूह बी अन्तर्गतको खेलमा प्रदेश ३ ले प्रदेश ६ माथि तीन विकेटको जित दर्ता ग¥यो । यस्तै समूह ए अन्तर्गत मंगलबारै भएको खेलमा प्रदेश १ ले प्रदेश ४ लाई ७६ रनले पराजित ग¥यो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालयको व्यवस्थापनमा भइरहेको प्रतियोगिताअन्तर्गत कीर्तिपुरमा भएको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश ६ ले ४७।४ ओभरमा अलआउट हुँदा १७८ रन बनाएको थियो । ६ का लागि रवीन्द्र शाही र दिवान पुनले अर्धशतक पार गर्दै ५२ रन बनाए । यस्तै टेक सलामीले २६ रन जोडे । ११ रनमा पहिलो विकेट गुमाएको प्रदेश ६ ले ७५ रन बनाउँदा ६ विकेट गुमाएको थियो ।

मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाल्दा प्रदेश ६ ले १७८ रनसम्म जोडेको थियो । बलिङतर्फ ३ का किशोर महतो र जितेन्द्र ठकुरीले २–२ विकेट लिए । १७९ रनको लक्ष्य प्रदेश ३ ले ३७।३ ओभरमा ७ विकेट गुमाउँदै पुरा ग¥यो । प्रदेश ३ का लागि रुपेश श्रीवास्तवले ३९, किशोर महतोले २५, आदिल खानले ३१ र इशान पाण्डेले २३ रन बनाएको थिए । प्रदेश ३ ले ३८ अतिरिक्त रन दिएको थियो ।

बलिङतर्फ प्रदेश ३ को झरेको कुल ७ विकेटमध्ये ६ विकेट चन्द्र बिसी एक्लैले लिएपनि टिमलाई जित दिलाउन सकेनन् । १० ओभर बलिङ गरेका बिसीले १ मेडन राख्दै ४१ रन खर्चिएका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
मुलपानी मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले ४४।३ ओभरमा अलआउट हुँदै१५८ रन बनाएको थियो । प्रदेश २ का लागि विसाल सुस्लिङले २६, रसिद खानले १८ तथा कप्तान महबुब आलम र राहुल प्रताप सिंहले १७–१७ रनको योगदान दिए । २८ रन हुँदा पहिलो विकेट गुमाएको प्रदेश २ले थप २९ रन जोड्दा चार विकेट गुमाएको थियो ।
प्रदेश २ लाई कम स्कोरमा रोक्नका लागि हरि चौहान र विपिन खत्रीले ३–३ विकेट लिए ।

१५९ रनको लक्ष्य पछ्याएको प्रदेश ४ २८।५ ओभरमा ९१ रनमा अलआउट भयो । १३ रनमा पहिलो विकेट गुमाएको प्रदेश ४ का खेलाडीवीच राम्रो साझेदारी हुन सकेन । ४ को पारीलाई ध्वस्त पार्नका लागि चार बर्षपछि मैदानमा फर्किएका संजम रेग्मीले उत्कृष्ट बलिङ गरे । १० ओभर बलिङ गरेको संजमले ३ मेडन र ५ विकेट लिँदै १६ रनमात्र खर्चिए । संसद शेखले पनि ८ ओभरमा ३ मेडन र ४ विकेट लिँदै २० रन दिए । खेलको प्लेयर अफ द म्याच संजम रेग्मी घोषित भए । प्रतियोगिता अन्तर्गत बुधबार टियु मैदानमा प्रदेश ४ र १ तथा मुलपानीमा प्रदेश ७ र प्रदेश ५ कावीच खेल हुनेछ ।