
पोखरा(खेलाडी न्युज)-नुवाकोटमा भईरहेको नुवाकोट गोल्डकपको लागि कास्की जिल्ला फुटबल संघको टिम नुवाकोट प्रस्थान गरेको छ । कास्की ११ ले आज काठमाडौ ११ सित प्रतिस्पर्धा गर्ने छ ।
कास्की ११ टिमको नेतृत्व उत्तम गुरुङले गरेका छन् । उनीसँगै राजुबावु मगर, दिप कार्की, लक्ष्मण जिसी, विमल बस्नेत, मनबहादुर तामाङ, फ्लोरेन्ट, अब्बा, विमल राना, विश्व अधिकारी, अन्जन देवकोटा राहुल गुरुङ, हेमन्त गुरुङ, लक्ष्मण रुचाल, अजित गुरुङ त्रिदेव गुरुङ, विसन गुरुङ रहेका छन ।
प्रशिक्षकमा किरण श्रेष्ठ र व्यवस्थापकमा नर गुरुङ र सुवास गुरुङ छन् । नुवाकोट लगत्तै कास्की ११ को टिम सर्लाहीमा आयोजित लालबन्दी गोल्डकपमा सहभागिता जनाउने छ । लालबन्दीमा सहारा क्लबको उपस्थिति हुने जनाएपनि कास्की ११ को सहभागिता हुने निश्चित भएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…