
पोखरा(खेलाडी न्युज)-तेस्रो पोखरा स्र्पोट्स अवार्ड २०७४ का वर्ष पुरुष उत्कृष्ट खेलाडी शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र प्रशिक्षक जीवन घिमिरेलाई शनिबार दुई छुट्टा–छुट्टै कार्यक्रममा सम्मान गरिएको छ । बुल्स म्यान क्लबले भण्डारी र घिमिरेलाई सम्मान गर्दै अवार्डले सम्पूर्ण खेलाडीलाई उत्साहित र उर्जावान भएको जनाएको छ । संस्थाका अध्यक्ष नुना गुरुङले खेल पत्रकारहरुले आयोजना गरेको कार्यक्रममा आफ्ना खेलाडी र प्रशिक्षक सम्मानित हुन पाउँदा उर्जा मिलेको बताए ।
क्लबका संरक्षक एवम पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका उपाध्यक्ष सुनिल गुरुङ लगाएतका पदाधिकारी, सदस्य र शारिरिक सुगठनका खेलाडीले उनीहरुलाई खादा अविर लगाएर सम्मान गरेका थिए । यसै गरि इन्टरनेशनल फेडेरेसन अफ बडिविल्डिङ(आईएफबीबी)को मान्यता प्राप्त कास्की जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले समेत उनीहरुलाई शनिबार सम्मान गरेको छ । पोखरा स्र्पोट्स अवार्ड २०७४ का बिजेत भण्डारी र प्रशिक्षक घिमिरेलाई संघका तर्फ बाट मायाको चिनो, खादा र अविरद्वारा सम्मान गरिएको थियो । संघका अध्यक्ष राजु कुमार थापा लगाएत संघका पदाधिकारी र सदस्यहरुले उनीहरुलाई बधाई दिएका थिए ।
नेपाल खेलकुद पत्रकार मंच कास्कीद्वारा आयोजित तेस्रो पोखरा स्र्पोट्स अवार्ड २०७४ का अबसरमा वर्ष पुरुष उत्कृष्ट खेलाडीका रुपमा शारीरिक सुगठनका भण्डारीले अपाचे मोटरसाइकल प्राप्त गरेका थिए भने प्रशिक्षक घिमिरेले नगद १५ हजार प्राप्त गरेका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…