बेगनासतालमा ‘फिसिङ कम्पिटिसन, जलारी प्रथम

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २० गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा एन्ग्लर्स क्लबको आयोजनामा सञ्चालित बल्छी प्रतियोगिताको १६ औं सस्करणको उपाधि आईते जलारीको पोल्टामा प¥यो । प्रतियोगितामा किशोर थापा दोश्रो र सन्जीव थापा तेश्रो हुदै पुरस्कृत थापे । अतिथिको रुपमा सहभागिता जनाएका योगेन्द्र थापा चौथो स्थानमा रहे ।

जलारीले ५.५ केजी माछा मारे । किशोरले ४.३८ केजी तौल बल्छीमा पारेका थिए । सन्जीव ४.३२ केजी माछा मारे । योगेन्द्रले ४.१५ केजी माछा बल्छीमा पारे । प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो । क्लवका सचिव सैलेस रायमाझीले बढी माछा बल्छीमा पारेका जलारीलाई पुरस्कार स्वरुप ट्रफी प्रदान गरे । अन्य उपविजेतासँगै तेस्रो र चौथो हुनेलाई समेत पुरस्कार प्रदान गरेका थिए । क्लवका अध्यक्ष मेजर बालकृष्ण गुरुङले पोखरालाई ‘फिसिङ डेष्टिनेसन’ बनाउने उद्देश्यसहित वर्षेनी क्लबले बल्छी प्रतियोगिता गर्दै आएको बताए । क्लबमा ४२ जना सदस्य छन् । त्यसमा पाँच विदेशी मानार्थ सदस्यको रुपमा रहेका छन् ।

अध्यक्ष गुरुङले फिसिङको लागि अनुमति पत्र (लाईसेन्स) अनिवार्य रुपमा लिनुपर्नेमा जोड दिए । ‘फिसिङको लागि अनुमति पत्र हामीले अनिवार्य गरेका छौं’ उनले भने—‘अनुमति पत्र नलिएकालाई सहभागिता गराउँदैनौं ।’ उनले लाईसेन्सको नविकरण शुल्क भने मंहगो भएको गुनासो गरे ।

पोखरा लेखनाथ महानगरपालिकाको सिफारिसमा मत्स्य अनुसन्धान केन्द्र पोखराले लाईसेन्स दिदै आएको छ । लाईसेन्स लिन नयाँ सदस्यले ३ हजार शुल्क तिर्नुपर्छ । लाईसेन्स नविकरण गर्न २ हजार ५ सय रुपैयाँ तिनुपर्ने बाध्यता छ । ‘नयाँ सदस्य शुरुक ३ हजार रुपैयाँ ठिकै हो’ उनले भने—‘तर नविकरण शुल्क भने ज्यादै महंगो भयो ।’ उनका अनुसार नविकरण शुल्क १ हजार रुपैयाँ बनाउनुपर्छ । नविकरण शुल्क घटाउने सम्बन्धमा पोखरा लेखनाथ नगरपालिकालाई पत्राचार गरे पनि कुनै सुनुवाई नभएको उनको गुनासो थियो ।

मत्स्य अनुसन्धान केन्द्रले डेढदशक अघि बल्छी खेल्न अनुमति पत्र लिन केवल १० रुपैयाँ शुल्क लिदैं आएको थियो । अनुमति पत्र लिएपछि तालको निश्चित क्षेत्रमा बल्छी खेल्न पाईने प्रावधान छ । उनले नेपालका लागि नँया पर्यटन प्रवद्र्धनमा मदत पुर्याउने खेलको विकासका लागि सबैको साथ सहयोग र सहभागीताका लागि आग्रह गरे ।