
नुवाकोट(खेलाडी न्युज) नुवाकोटमा सञ्चालित विशाल सिमेन्ट प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगितामा पोखरा ११ अन्तिम चारमा प्रवेश गरेको छ । बट्टारस्थित स्थानीय खेलमैदानमा सम्पन्न खेलमा पोखराले एपिएफ क्लबलाई १-० गोलले पराजित गर्दै सेमिफाईनल सुरक्षित बनायो ।
पोखराका लागि खेलको तेस्रो मिनटमै मान बहादुर तामाङले एक मात्र निर्णायक गोल गरे । खेलको निर्णायक गोलकर्ता तामाङ म्यान अफ द म्याच समेत घोषित भए । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख हात पार्नेछ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…