
काठमाडौं(खेलाडी न्युज नेपाली खेलाडी प्रद्योतन निरौलाले क्यानडाको टोरन्टोमा सम्पन्न क्यान एम च्याम्पियनसिपमा दुई स्वर्ण हात पार्न सफल भएको टोरन्टोबाट प्रशिक्षक राजु गड्तौलाले जानकारी गराएका छन् ।
१९ जेष्ठमा भएको अन्तराष्ट्रिय प्रतियोगितामा प्रद्योतनले आफ्नो उमेर समूहको पुम्से र ग्योरोगीमा गरि दुई स्वर्ण हात पार्न सफल भएको प्रशिक्षक गड्तौलाले बताए । एडमण्टन अल्बर्ट क्यानडामा संचालित हिमालयन तेक्वान्दोमा प्रशिक्षण लिई रहेको नेपाली ८ खेलाडीहरुले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । जसमा स्माईल खत्रीले एक स्वर्ण र एक रजत, गिब्सन ढकालले एक स्वर्ण, जोनिस चौधरीले दुई रजत, विनय खड्काले एक रजत र एक कास्य, जेम्स चौधरी, सुभम अधिकारी र सुभम लुईटेलले एक÷एक रजत पदक हात पार्न सफल भएको प्रशिक्षक गड्तौलाले जानकारी गराए ।
एक कुशल प्रशिक्षकका कारण आफ्ना बच्चाहरुले अन्तराष्ट्रिय एरिनामा पदक हात पार्दै राष्ट्रको शान र मान बढाउन सफल भएको अभिभाबक शाम्भबी नेपालले बताईन् । हिमालयन तेक्वान्दो विगत १८ महिना देखि क्यानडामा नेपाली लगायत बिदेशी खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्दै आईरहेको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…