कास्कीलाई दशौं सस्करणको राष्ट्रपति रनिङ शिल्ड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २२ गते २०७५ मा प्रकाशित


११ औं राष्ट्रपति रनिङशिल्ड विजेता गौरीशंकर मावि । तस्बिर फाईल

पोखरा(खेलाडी न्युज)-राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्की जिल्लाले उचाल्दै दशौं सस्करणसम्म आफनो नाममा लेखाएको छ । दुईदिने पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा १८ स्वर्ण, ९ रजत र ८ कास्य जित्दै प्रदेश नं ४ स्तरीय पहिलो उपाधि आफनो नाममा लेखाएको थियो । यसभन्दा अघि पश्चिमाञ्चल क्षेत्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्डको नवौं सस्करणसम्म कास्कीले उपाधि जित्दै खेलकुदको राजधानीको परिचय दिईसकेको छ ।

कास्कीले एथलेटिक्समा ८ स्वर्ण, ४ रजत र ४ कास्य जित्यो । एथलेटिक खेलाडी सोनु नेपालीले दुई वटा स्वर्ण आफनो नाममा लेखाईन् ।पहिलो दिनमा १५ सय मिटर दौडमा स्वर्ण जितेकी उनले सोमबार ज्याभलिन थ्रोमा समेत २५.६८ मिटर फाल्दै स्वर्ण पदक जित्न सफल भईन् । ८ सय मिटर छात्र तर्फ विवेक अधिकारीले स्वर्ण जितेका छन् । ४ गुणा १०० मिटरमा छात्र र छात्रा दुवै इभेण्टमा स्वर्ण पदक कास्कीले आफनो पोल्टामा पा¥यो । १०० मिटर छात्रा तर्फको प्रतिस्पर्धामा अनिषा भण्डारीले स्वर्ण जित्दा ४ गुण ४०० मिटर छात्र रिलेमा पनि कास्कीले स्वर्ण पदक आफनो नाममा लेखाउन सफल भएको थियो ।

मार्शल आर्ट अन्तर्गत कराँतेमा कास्कीले २ स्वर्ण, २ रजत र १ कास्य जित्न सफल भएको छ । उसु र तेक्वान्दोमा भने समान ३—३ स्वर्ण, १—१ रजत र १—१ कास्य पदक जितेको छ । भलिबल छात्रा तर्फ स्वर्ण पदक जित्दा छात्र तर्फ भने कास्य पदकमा चिक्त बुझाएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जनाए । उनका अनुसार कबड्डीमा छात्रा तर्फ स्वर्ण पदक र छात्र तर्फ रजत कास्कीको भागमा परेको छ ।

पहिलो पटक प्रदेश नं ४ राष्ट्रपति रनिङ शिल्डको दोस्रोे स्थान भने नवलपरासीले कब्जा ग¥यो । नवलपरासीले ९ स्वर्ण, ५ रजत र ७ कास्य पदक जित्दै उपविजेता बन्यो । एथलेटिक्स तर्फ ७ स्वर्ण, ४ रजत र ४ कास्य पदक जितेको नवलपरासीले कबड्डीमा छात्र १ स्वर्ण जित्यो । तेक्वान्दोमा एक रजत र ३ कास्य पदक जितेको थियो । भलिबल तर्फ भने छात्रमा एक स्वर्ण जित्दै आफनो छविलाई कायमै राख्यो ।

प्रतियोगिताको तेस्रो स्थानमा भने लमजुङ रह्यो । ४ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्यो । एथलेटिक्समा ३ स्वर्ण ४ रजत र २ कास्य पदक जितेको लमजुङले कराँतेमा १ स्वर्ण र २ कास्य जितेको छ । दुईदिने प्रतियोगितमा प्रदेश नं ४का ११ जिल्लाका खेलाडी तफ अफिसियलको सहभागिता रहेको थियो । प्रथम, द्धितीय र तृतीय हुने जिल्लालाई नगद २०, १५ र १० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन लगायत विभिन्न खेलकुदका पदाधिकारीले पुरस्कार प्रदान गरेका थिए । तस्बिर सौजन्य प्रकाश बराल