
पोखरा(खेलाडी न्युज) झण्डै तीन वर्ष सजाय भोगेपछि म्याच फिक्सिङको आरोप लागेका फुटबल खेलाडीलाई विशेष अदालतले सफाई दिएको छ ।
नेपाल फुटबलका राष्ट्रिय कप्तान सागर थापासहित ६ जनामाथि म्याच फिक्सिङको आरोपमा पक्राउ गरिएको थियो । तीन वर्षपछि उनीहरुलाई विशेष अदालतले सफाई दिएको हो । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइको फैसला सुनाएका थिए ।
राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र फिजियो डेजिव थापाले फिक्सिङको आरोपमा प्रहरीले पक्राउ गरी उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । तर, राज्य विप्लवको कसुर गरेको नदेखिएको फैसलामा उल्लेख छ । फिक्सिङको आरोपमा २७ असोज २०७२ मा सागर थापासहितका खेलाडी पक्राउ परेका थिए । २४ कात्तिकमा सबै धरौटी बुझाएर छुटे । अञ्जन केसी र रितेश थापाले ५ लाख, सागरले १ लाख ५० हजार र अन्यले ५० हजार धरौटी तिरेका थिए ।
नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर हारेको भेटिएको भन्दै प्रहरी पक्राउ गरेको थियो । उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिए । फिफाले भने उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाएको थियो । अदालतबाट सफाई पाएपछि थापाले फुटबल करियरको १५ वर्ष भन्दा तीन वर्षको अवधि विताउन निकै कठिन भएक छन् । उनले फेरी राष्ट्रिय जर्सी लगाई फुटबल खेल्ने ईच्छा समेत व्यक्त गरेका छन् ।अन्जन केसी भने केही समय अघि मात्रै क्रिकेटको आईपिएलमा सट्टेबाजी गर्नेआरोपमा प्रहरीले नियन्त्रण लिएको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…