
पोखरा(खेलाडी न्युज) फुटबल जो कोहीलाई मन पर्छ । युवादेखि बृद्धबृद्धासम्मले फुटबल हेर्न निकै चाख देखाउँछन् । त्यसैले होला फुटवलमा पनि युवादेखि पाका खेलाडी मैदानमा देख्न सकिन्छ । एकसाता पछि रसियामा फुटबलको विश्वकप हुदैं छ । विश्वकप नजिकिदैं जादाँ खेलाडीको समिश्रण देख्न पाईने छ ।
रसिया विश्वकपमा यसपटक इजिप्टका गोलकिपर इसाम एल हदारी सबैभन्दा पाका खेलाडी हुन् । सन् १९९६ देखि राष्ट्रिय टिममा रहेका हदारी अहिले ४५ वर्ष ४ महिनाका भए । उनी विश्वकपका सबैभन्दा पाका खेलाडी हुन् । इजिप्टबाट उनले १ सय ५८ क्याप जितेका छन् । हदारीपछि मेक्सिको टिममा रहेका राफेल मार्केज अर्का पाका खेलाडी हुन् । उनी ३९ वर्ष ३ महिनाका भए ।
पाका खेलाडीको सूचीमा तेस्रो नम्बरमा रसियाका सर्जी इगानसेभिक रहेका छन् । उनी ३८ वर्ष १० महिनाका भए । यस्तै रसिया विश्वकपमा कान्छा खेलाडीको सूचीमा अस्ट्रेलियाका ड्यानियल अर्जानी रहेका छन् । विश्वकप खेल्नेको सूचीमा सन् १९९९ पछि जन्मिएका खेलाडी उनी मात्रै हुन् । उनी १९ वर्ष ५ महिनाका भए ।
अर्जानीसँगै १९ वर्षका अरु ६ खेलाडी पनि विश्वकपमा सामेल हुँदैछन् । जसमा फ्रान्सका केलियन एम्बाप्पे, मोरक्कोका अचरफ हाकिमी, नाइजेरियाका फ्रान्सिस उजोहो, इंग्ल्याण्डका टे्रन्ट अलेक्जेण्डर आर्नोल्ड, सेनेगलका मौसा वाग्वी र पानामाका जस लुइस रोड्रिग्वेज रहेका छन् । विश्वकपमा सबैभन्दा युवा टोली भने नाईजेरियन टिम बन्ने छ । पाका खेलाडीको जमघट भने पानामा देख्न पाईने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…