
एजेन्सी–भारतलाई तीन विकेटले पराजित गर्दै महिला टी–२० एशिया कपमा बंगलादेशले अर्को झट्का दिदैंं उपाधि जितेको छ । क्लालाम्पुरमा आईतबार आयोजित फाईनल खेलमा एच काउले अर्धशतकीय पारी खेलेपछि जितको लक्ष्य हासिल गर्नबाट भने चुकिन् । उनको महत्वपूर्ण इनिङमा भारतले बंगलादेशलाई जितको लागि ११३ रनको चुनौति पेश गरेको थियो । एम राजले ११, भी कृष्णमूर्तिले ११ र जे.गोष्वामीले १० रन मात्रै बनाए । अन्य व्याट्सवुमन भने सस्तैमा पेभेलियन फर्किए ।
बंगलादेशी बलर खडिजा तुल कुर्वाले २, रुमना अहेमदले २ विकेट लिएपछि भारत सस्तैमा आउट हुन पुग्यो । ११३ रनको चुनौति पाएको बंगलादेशले भने जित भने अन्तिम बल खेल्दै प्राप्त गर्यो । केवल सात विकेटको क्षतिमा जितको लक्ष्य भेटाउन रुमना अहेमदले रनआउट हुनु अघि २३ रनको योगदान दिईन् ।
शमिमा सुल्तानले १६ रन बनाई सुखद शुरुवात गरिन् । आयशा रेहमानले १७ रन जोडिन् । निगर सुल्तानाले २७ रनको ठोस इनिङ खेलेपछि जितको आधार तयार भएको थियो । फर्गााना होक्युले ११ रन जोडेर आउट भईन् । भारतीय बलर पुनम यादवले ४ विकेट लिईन् । भारतले महिला टी–२० एशिया कप छ पटक जिसिसकेको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…