विश्वकपका आश्चर्यजनक नजिता, जुन याद आईरहन्छ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २७ गते २०७५ मा प्रकाशित


एजेन्सी-फुटबलको आखाँ हुदैन् । त्यसैले नजिता निकै अप्रत्यासित आउने गरेको छ । बलियो मानिएको टोली कमजोर देशसँग पराजित हुने गरेका छन् । विश्वकपको फुटबलमा यस्तै आश्चर्यजनक नतिजा देखिन्छ ।

अघिल्लो संस्करणको विश्वकपको फाईनलमा जर्मनीले ब्राजिललाई पराजित गर्दै उपाधि उचाल्यो । फाईनलमा उपाधि उचाल्दा जर्मनीले ब्राजिलमाथि गोलको वर्षा गरायो । जुन अहिले पनि निकै ताजा छ । फाईनलमा जर्मनीले ७–१ गोलले पराजित गरेको थियो । जुन फुटबल इतिहासमा फाईनलमा सबैभन्दा बढी गोल अन्तर थियो । यस्तै आश्चर्यजनक नतिजा फ्रान्सले व्यहोरेको छ । विश्वकपको उपाधि जितेको फ्रान्स अर्को सस्करणमा भने सेनेगलसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो । सन १९९८ मा फ्रान्सले उपाधि जित्यो । तर २००२ मा भने विश्वकप विजेता पहिलो चरणबाटै बाहिरियो । जुन फुटबलप्रेमीको लागि आश्चर्यजनक बन्न पुग्यो । त्यतिबेला फ्रान्सका महत्वपूर्ण खेलाडी जिनेदिन जिदान भने बेन्चमा थिए ।

विश्वकपको तेस्रो आश्चर्यजनक खेल नजित फ्रान्स र इटाली बीचको सन २००६ को फाईनल थियो । एक एकको बराबरीमा टुंगिएको खेलमा इटालीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । जुन फाईनलमा इटालीका खेलाडी माटेराजीलाई जिदानले हेडबट गरे । रातो कार्ड खाँदै मैदान बाहिरिदाँ फ्रान्सले उपाधि समेत गुमाउन पुगेको थियो ।

सन २००२ मा जर्मनीले विश्वकप उचाल्दा केही नयाँ रोचक एवं आश्चर्य जनक नजिता आत्मसात गरेको थियो । जर्मनीले अजेन्टिनलाई ४–०ले पराजित गरेको थियो । फराकिलो गोलमा पराजित भएको अर्जेन्टिनाले सायदै सोचेको थियो । अर्जेन्टिनाका फ्यानहरु समेत यस्तो नजिता हेरेर भक्कानिएका थिए । पाँचौ आश्चर्य नजितामा जर्मनीलाई कोष्टरिकाले कडा चुनौति तेर्सायो । यदपी नजिता जर्मनीले आफनो पक्षमा पारि छाड्यो । निकै लयमा रहेको जर्मनीलाई कोष्टरिकाले ४–२ को स्थितिमा पुर्याउँदै खेल टुग्यायो । उपाधिको दावेदार मानिएको जर्मनीलाई कोष्टरिकाले दुईगोल हिर्काएपछि विश्वकप दौरानमा नयाँ हलचल पैदा हुन पुग्यो ।

छैटौ आश्चर्य नजिता अन्तर्गत ब्राजिलले जापानसँगको खेलमा हुन पुग्यो । एशियन महारथी जापानले ब्राजिलमाथि गोल गर्दै नयाँ इतिहास कायम गर्यो । सन २००२ मै समूह एफ अन्तर्गतको खेलमा ब्राजिललाई जापानले खेलमा दबाव कायम राख्यो । तर नजिता भने ब्राजिलले ४–१ले जितेको थियो । त्यो गोलले एशियन देशको फुटबल छाप विस्तारै माथि उठेको थियो । सातौ आश्चर्यको रुपमा इग्ल्याण्ड र अर्जेन्टिनाको खेल नतिजा थियो । इग्ल्याण्डले अर्जेन्टिनालाई पराजित गरेको थियो । फुटबलमा अर्जेन्टिनामाथि इग्ल्याण्डको प्रभावशाली नजिता विरलै देख्न पाईन्छ ।

अर्को आश्चर्य नजितामा साउथ कोरियाले पोल्याण्डमाथि जितको नतिजा थियो । कोरियाले पोल्याण्डमाथि सन २००२ को विश्वकपमा २–०ले पराजित गरेको थियो । सम्भवत कोरियाको लागि सबैभन्दा सुखद नतिजा विश्वकपमा त्यही नै थियो । पोर्चुगलले नर्थ कोरियालाई ७–०ले पराजित गरेको घटना पनि विश्वकपमा निकै रोचक र आश्चर्यको रुपमा हेरिएको छ । त्यसैगरी नेदरल्याण्डले आइभरी कोष्टलाई पराजित गरेको खेल पनि रोचक रुपमा हेरिएको छ । नेदरल्याण्डले कोष्टलाई २-१ गोलले पराजित गरेको थियो ।

विश्वकपकै दौरानमा सबैभन्दा रोचक र आश्चर्य विश्वकप विजेता फ्रान्स सेनेगलसँग पराजित हुदैं बाहिरिनु र जर्मनीले फाईनलमा ब्राजिलमाथि फराकिलो गोल अन्तरले विश्वकप उचाल्नु नै रहेको छ । तीन दिनपछि रसियामा हुने विश्वकपमा पनि यस्तै रोचक र आश्चर्यजनक घटना हुने विश्लेषण खेल पण्डितहरुले गरेका छन् ।