
एजेन्सी-विश्वकप शुरु हुन दुईदिन मात्रै बाँकी छ । विश्वकपमा सहभागि देशहरु मैत्रीपूर्ण खेलमा उत्रिदै आएका छन् । गए राति विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत बेल्जियमले कोस्टा रिकालाई ४-१ ले हराएको छ । बेल्जियमको जितमा उसका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरे ।
कोस्टा रिकाका लागि उसका कप्तान ब्रायन रुइजले सुन्दर प्रहारद्वार खेलमा अग्रता दिलाएका थिए । तर ड्रायस मर्टेन्स र लुकाकुले गोल गर्दै पहिलो हाफमा स्कोर २-१ बनाए । दोस्रो हाफमा फेरी लुकाकु र उनकै पासमा मिची ब्याटसुवायीले गोल गर्दै बेल्जियमको सहज जित सुनिश्चित गरेका थिए । बेल्जियम र कोस्टा रिका दुवैले आफ्नो पहिलो रोजाईकै खेलाडीहरु मैदानमा उतारेका थिए तर खेलभरी बेल्जियम निकै आक्रामक देखिएको थियो ।
बेल्जियम विश्वकप समूह ‘जी’मा इंग्ल्यान्ड, पानामा र टुनिसियासंग रहेको छ भने कोस्टा रिका समूह ‘ई’मा ब्राजिल, सर्बिया र स्विट्जरल्यान्डसंग रहेको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…