
पोखरा(खेलाडी न्युज)–कास्की जिल्ला खेलकुद विकास समिति दोस्रो उत्कृष्ट जिल्ला हुदैं पुरस्कृत भएको छ । पुरस्कारले पदाधिकारी तथा कर्मचारीलाई औधी खुशी मिल्दा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई भने पीडासँगै हीनता बोध भएको छ । हुन पनि किन नहोस परिषदले कास्कीलाई उत्कृष्टको सूचीमा राख्यो ।
क्षेत्रीय खेलकुद विकास समितिले भने नवलपरासी , कपिलबस्तु र रुपन्देहीलाई पनि सिफारिस गरेको थियो । जुन सिफारिस गरिएको पत्र परिषदमा दर्ता भईसकेको थिएन् । कास्कीको नाम विना सिफारिस गरिएको पत्र परिषदमा दर्ता नभएपछि फेरी क्षेत्रीय खेलकुद विका समितिले कास्की, कपिलबस्तु र मनांगको नाम सिफारिस गरि पठाईएको थियो । दोस्रो पटक पठाईएको पत्र परिषदमा दर्ता भएको थियो ।
उत्कृष्ट जिल्लाको लागि परिषदले नै आवश्यक खेलकुद गतिविधिको रिपोर्ट माग गरेको थियो । तर क्षेत्रीय खेलकुद विकास समितिले ती जिल्लाको सिफारिस गरि पठायो । कास्कीको नाम सिफारिस नभएको जानकारी नपाएपछि एकदिन अघिमात्रै कास्कीको गतविधिसहितको रिपोर्ट परिषदमा पुगेको थियो । परिषदले झापालाई उत्कृष्ट घोषित गर्दै तीन लाख रुपैयाँ पुरस्कार दियो । कास्कीले २ लाख पाउँदा क्षेत्रीय खेलकुद विकास समिति पोखरालाई भने हर्ष न विस्मात जस्तै भयो । यसले गर्दा जिल्ला र क्षेत्रीय खेलकुद विकास समिति बीच केही तिक्तता पैदा पक्कै भएको
जिल्लाको खेलकुद गतिविधिमा क्षेत्रीय खेलकुद विकास समितिले सहयोग गर्नुपर्छ । खेल भावना खेलकुद पदाधिकारीमा भने देखिएन् । एउटाले अर्कोको अवगुण मात्रै केलाउन व्यस्त देखिएका छन । त्यसले आन्तरिक तिक्ततालाई मलजल गरिदिएको छ । क्षेत्रीय खेलुकद विकास समितिका अध्यक्षको जिम्मेवारी खगराज पौडेलको काँधमा छ । ‘जिल्ला उत्कृष्ट हुदाँ क्षेत्रले सिफारिस गरेको पाईएन् ।’स्रोतले भन्यो–‘यो भन्दा लाजमर्दोस्थिति के हुन सक्छ ।’
कास्कीका खेलकुद गतिविधिसँगै भौतिक पुर्वाधार निर्माण भईरहेका छन् । लन टेनिस कोर्ट टेण्डर आह्वान भईसकेको छ । आर्चरी मैदान बन्दै छ । ह्याण्डबल कोर्ट तयार हुदैै छ । बहुउद्देश्यीय कभर्डहल पनि अन्तिम चरणमा छ । व्याडमिन्टन कोर्टको ट्रसको काम भईरहेको छ । फुटबल स्टेडियम बनाउन परिषदले ग्लोबल टेण्डर समेत आह्वान गरिसकेको छ । भलिबल प्रशिक्षण केन्द्र तयार भईसकेर प्रशिक्षण शुरु गरिएको छ । यस्तै पुर्वाधारका गतिविधि र नियमित प्रतियोगितको फेहरिस्ते परिषदमा पठाइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले बताए । उनका अनुसार उत्कृष्ट जिल्ला कास्की हुनुपर्ने भएपनि क्षेत्रीय खेलकुद विकास समितिले सिफारिस गरेको पहिलो पत्रमा भने कास्कीको नाम उल्लेख थिएन ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…