
पोखरा(खेलाडी न्युज)-महिला भलिबलमा शसस्त्र प्रहरी बल र शिवम न्यु डायमण्डको नाम अगाडि आउँछ । भलिबलमा एकछत्र राज गरेको पश्चिमाञ्चलको टिम पलायनको संघारमा पुगिसकेको छ । नयाँ उदीयमान बन्दै आएको न्यु डायमण्ड र शसस्त्र प्रहरी बलको महिला भलिबलमा उस्तै रवाफ छ ।
एकले अर्कालाई पराजित गर्न निकै मेहनत र प्राटिक्स गर्नुपर्छ । काठमाडौंमा केहीदिन अघिमात्रै सम्पन्न आरबीबी एनभिए च्याम्पियनसिपमा शसस्त्र प्रहरी बलले उपाधि जित्दा न्यु डायमण्डसँग अन्तिम प्रतिस्पर्धा गरेको थियो । न्यु डायमण्डले लिग चरणकै खेलमा शसस्त्र प्रहरीलाई पराजित गर्दै आफनो छविसँगै शाखलाई जोगाउन पुग्यो ।
यी दुवैको फेरी भेट पोखरा रंगशालामा हुदैं छ । ओलिम्पिक दिवसको अवसरमा असार २ गते पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा दुबैको प्रतिस्पर्धा हेर्ने अवसर पोखरेलीले पाएका छन् । दुई बीचको मैत्रीपूर्ण प्रतिस्पर्धा हुने छ । पश्चिमाञ्चल भलिबल संघको सहयोगमा आयोजना हुने छ । नेपाल ओलिम्पिक कमिटिले नेपाल भलिबल संघलाई मैत्रीपूर्ण खेलको जिम्मेवार िदिएको भलिबल संघका बरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले बताए ।
मैत्रीपूर्ण खेलको लागि जिल्ला खेलकुद विकास समितिले आर्थिक सहयोग गर्ने जनाएको छ । मैत्रीपूर्ण खेलकुदको लागि खेलाडीको आवाससहितको सुविधा दिईने समितिले जनाएको छ । न्यु डायमण्डको टोलीबाट प्रतिभा माली, सलिना श्रेष्ठ, अनामिका राई, अरुण शाही र मन्जु गुरुङसँगै पवित्रा विसीले समेत खेल्ने सम्भावना छ । शसस्त्र प्रहरी बलमा भने सरस्वती चौधरी(पश्चिमाञ्चलकी पुर्व खेलाडी), रेष्मा भण्डारी, नेविका चौधरी, विनिता बढुथोकी, हिरा केसी, मनिषा तामाङ उपस्थिति रहने छन ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…