पाराग्वेमाथि जापानको फराकिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ३० गते २०७५ मा प्रकाशित


एजेन्सी-विश्वकप शुरु हुन एकदिन अघिमात्रै एशियाली जायन्ट जापानले पाराग्वेमाथि प्रभावशाली जित निकालेको छ । जापानले पराग्वेलाई ४–२ गोलले पराजित गर्दै विश्वकपको सहभागितालाई अझ प्रभावकारी बनाउने सम्भावनालाई जिवितै राखेको छ ।

एक गोलले पछि परेको अवस्थामा कम ब्याक गर्दै जापानले खेल आफनो पक्षमा पार्दै विश्वकपको लागि रुस प्रस्थान गरेको छ । ओस्कार रोमेरोले ३२ औं मिनेटमा गरेको गोलसँगै अग्रता लिएको पाराग्वे भने दोस्रो हाफमा निकै कमजोर बन्न पुग्यो । ताकाशी इनुआईले ५१ औं र ६३ औ मिनेटमा गोल गर्दै जापानलाई दिलाएको अग्रतामा ७७ औ मिनेटमा उपहार गोलले अग्रतालाई फराकिलो बनाई दियो ।

फेडेरिको सान्तान्डेरले ओ.जी गोल गरेपछि पाराग्वे थप निराश बन्न पुग्यो । यद्यपी रिचर्ड अर्डिजले ९० मिनेटमा गोल गर्दै खेलमा फर्किने कोशिश गरेपनि फेरी अर्को गोलको सामना गर्दै अन्तर फराकिलो हुदैं पराजित हुन पुग्यो । सिनिज कागावाले ९० प्लस १ मिनेटमा व्यक्तिगत गोल थप्दा जापानले जितको सुनिश्चितता मात्रै गरेन अन्तर फराकिलो समेत बनायो ।