
एजेन्सी-इजिप्टका भरपर्दा खेलाडी मोहम्मद सलाह प्रशिक्षणको लागि मैदानमा उत्रिएका छन् । आफनो टिमसँग उनी मंगलबार प्रशिक्षणमा उत्रिएका हुन् । रसियामा बिहीबारदेखि हुने विश्वकप फुटबल प्रतियोगितामा उनको सहभागितालाई लिएर धेरै अडकल बाजी गरिएको थियो । यद्यपी उनी घाईते अवस्थामै इजिप्टको टोलीमा अन्तिम नामावलीमा समावेश भएका थिए ।
सलाह च्याम्पियन्स लिगमा घाईते भएका थिए । रियल मड्रिडसँगको खेलमा कप्तान सर्जियो रामोससँगको जुध्दा सलाहको काँधमा गम्भीर चोट लागेको थियो । चोटकै कारण उनी ३० मिनेट नवित्दै मैदान छाड्न बाध्य भएका थिए । उनी घाईते हुदाँ इजिप्ट नै स्तब्ध बन्न पुगेको थियो । यद्यपी उनी टिमसँग प्रशिक्षमा देखिएपछि इजिप्ट र सलाहका समर्थकमा भने खुशी छाएको छ । लिभरपुलका स्ट्राईकर सलाह भने टिमको प्रशिक्षणमा देखिएपछि एक्लै प्रशिक्षण गरिरहेका थिए ।
इजिप्टले शुक्रबार उरुग्वेसँग विश्वकपको पहिलो खेल खेल्ने छ । बुधबार रसिया प्रस्थान गर्नुअघि सलाह अन्तिम ११ मा खेल्ने नखेल्ने भन्ने निर्णयमा छलफल हुने कार्यकारी निर्देशक इहाब लेहेताले बताए । २५ वर्षिय सलाह देब्रे काँधमा चोट लागेपछि आराम गरिरहेका छन् । इजिप्टले सन १९९० देखि विश्वकपमा सहभागिता जनाउन शुरु गरेको हो । इजिप्टसँगै उरुग्वे, साउदी अरब र आयोजक रसिया रहेका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…