
पोखरा(खेलाडी न्युज) – दोस्रो हाफमा लय गुमाउँदा कास्की ११ ले अन्तत रुस्लान थ्री स्टार क्लबसँगै पेनाल्टी सुटआउटमा नजित सुम्पिदैं पोखरा फर्किएकोछ । मंगलबार लालबन्दी गोल्डकप फुटबल प्रतियोगितामा पहिलो हाफमै लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा कास्की पराजित हुदैं बाहिरियो । थ्री स्टारले अन्तिम चारको स्थान सुरक्षित बनायो ।
नुवाकोट गोल्डकपमा उपाधि विहीन बनेको थ्रीस्टारले कास्की ११ लाई पराजित गर्न निकै संघर्ष गर्नुपरेको थियो । टाइब्रकेरमा ४–१ ले गर्दै थ्री स्टार अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
थ्री स्टारले एपिएफसँग बिहिबार सेमिफाइनल खेल्नेछ । टाइब्रेकरमा थ्री स्टारका लागि विजय धिमाल, अशोक खवास , रुपेश केसी र बुद्ध चेम्जोङले गोल गरे । कास्कीका लागि विमल बस्नेतले मात्र गोल गरे । विश्व अधिकारी र अजित गुरुङ गोल गर्न सकेनन् । राधाकृष्ण स्थित खेल मैदानमा त्यसअघि खेल सुरु भएको ६ मिनेटमै शान्ता गुरुङको गोलबाट कास्कीले अग्रता लिएको थियो । थ्रीस्टारका गोलकिपर पुर्ण चेम्जोङले नियन्त्रणमा लिएर फुत्काएपछि प्राप्त बलमा शान्ताले गोल गरेका थिए ।
१६ औं मिनेटमा कास्कीले अग्रता दोब्बर बनाएको थियो । कप्तान उत्तम गुरुङले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । दोश्रो हाफ सुरु भएको २ मिनेटमै बुद्ध चेम्जोङको पासमा अजयी मार्टिनले गोल गर्दै थ्री स्टारलाई खेलमा फर्काउने प्रयास गरे ।
४९ औं मिनेटमा बुद्धले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । बुद्धले पोष्ट नजिकबाट गरेको प्रहार कास्कीका गोलकिपरले रोक्न सकेनन् । थ्री स्कारटका मिक्चन तामाङको खेलको म्यान अफ दी म्याच घोषित भए । कास्की एकसाता अघि मात्रै नुवाकोटमा नेपाल पुलिसक्लबसँग टाईब्रकेरमै पराजित हुदैं बाहिरिएको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…