
एजेन्सी¬–आजदेखि २१ औं सस्करणको फुटबलको कुम्भ मेला शुरु हुदैं छ । कमजोर बरियताका दुई देश आयोजक रसियाले एशियाली महारथीको रुपमा पहिचान बन्दै आएको साउदी अरेविया बीच शुरु हुदैं छ । आयोजक रसियाले घरेलु मैदामा सुखद शुरुवात गर्ने अपेक्षा गरेको छ । तर साउदीले पनि त्रासरहित बातावरणमा आफुलाई उपस्थित गर्ने छ । खेल पौने नौ बजे शुरु हुने छ ।
दुवैको एकापस भिडन्त सम्भवत पहिलो हुने छ । यद्यपी रसियालाई साउदीमाथि जित्नुपर्ने दबाव छ । समूह एको पहिलो खेलसँगै विश्वकप हेर्न सबै आतुर बनेका छन् । ‘हामी तयार छौ । हामी डर मानिरहेका छैनौं ।’ साउदी अरबका प्रशिक्षक पिजीले भने–‘ हाम्रो लक्ष्य नै रसियालाई पराजित गर्ने हो ।’
साउदीका कप्तान ओसामा हावसावीले भने विश्वकपको उदघाटनमा आफना समर्थकलाई राम्रो प्रदर्शन गर्ने विश्वास दिलाउन चाहन्छौ । हामी उदघाटन खेलमा केन्द्रीत छौं । समूह एमा साउदी, रसिया, इजिप्ट र उरुग्वे छन् । उरुग्वे दुई पटकको विश्वकप विजेता समेत हो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…