
एजेन्सी–आजदेखि रसियामा २१ औं सस्करणको फुटबलको विश्वकप शुरु हुदैं छ । २१ औ सस्करणमा आईपुग्दा विश्वकपको इतिहासमा २३७९ गोल भएको छ । विश्वकपमा पहिलो गोल भने फ्रेन्चम्यान लुसियन लाउरेन्टले मेक्सिको विरुद्ध जुलाई १३ १९३० मा गरेका थिए । अन्तिम गोल भने मारियो गोटेजले अर्जेन्टिना विरुद्धको २०१४ को फाईनलमा गोल गर्दै उपाधि दिलाएका थिए ठ्याक्कै ८४ वर्षपछि । विश्वकप १९५८ मा ५००औ, १९७८ मा १००० औं, १९९४ मा १५०० औं र सन २००६ मा २०००औं गोल भएको थियो ।
इतिहासलाई पल्टाएर हेर्दा विश्वकप नौ राष्ट्रले आयोजना गरिसकेका छन् । विश्वकप आयोजक राष्ट्रले उदघाटन खेल जित्दै आएको इतिहासले प्रष्टयाएको छ । २०१८ को विश्वकप रसियाको मस्कोमा साउदी अरेबिया विरुद्ध शुरु हुने छ । आयोजकले कल्यिै उदघाटन खेलमा पराजित भएका छैनन् । सन १९६६ मा इग्ल्याण्डले, सन १९७० मा मेक्सिको, २०१० साउथ अफ्रिकाले उदघाटन खेलको नतिजा आफनो पक्षमा पारेका थिए । १९३४ मा इग्ल्याण्ड र इटालीले पनि सोही वर्ष आयोजक बन्दै उदघाटन खेल जितेर अगाडि बढेका थिए ।
विश्वकपमा एकै खेलमा १२ गोलसम्म भएको छ । अष्ट्रिया र स्वीटजरल्याण्ड बीचको खेल सन १९५४ मा १२ गोल हुन पुगेको थियो । २३ मिनेटमा ३–०ले अग्रता लिएको स्वीटरल्याण्ड अन्तत ७–५ गोल अन्तरले पराजित भएको थियो । २३ मिनेटसम्म अग्रता लिएको स्वीटरल्याण्ड ३५ मिनेटमा ५–३को स्थितिमा पछि परेको थियो । अष्ट्रियाका थियोडोर वाग्नर र स्वेप हगीले ह्याट्रिक गरेका थिए ।सन १९८२ मा पनि हंगेरीले १०–० गोलको फराकिलो गोल अन्तरले जितेको थियो ।
विश्वकप आयोजक मध्ये ६ देशले मात्रै जितेका छन् ।
उरुग्वे(१९३०) इटाली(१९३४), इग्ल्याण्ड(१९६६), जर्मनी,१९७४) अर्जेन्टिना (१९७८), फ्रान्स (१९९८) ले जितेका हुन् । यद्यपी सन २००२ मा कोरिया र जापानमा आयोजित विश्वकप र सन २०१० अफ्रिकामा आयोजना गरिएको थियो । ब्राजिल भने एक मात्र विश्वकप जित्ने देश हो, जसले युरोपियन माटोमा १० औ सस्करणको उपाधि जितेको । सन १९५८ स्वीडेनलाई ५–२ गोलले पराजित गर्दै उपाधि जितेको थियो । सन २००२ मा पनि जर्मनी विरुद्धको फाईनल समेत ब्राजिलले जितेको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…