साउदी अरेबियालाई पराजित गर्दै रसियाको सुखद शुरुवात, उदघाटन खेल जित्दै रसियाले पनि कायम राख्यो इतिहास

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ३१ गते २०७५ मा प्रकाशित


मस्को, एजेन्सी-वैकल्पिक खेलाडी घरेलु मैदानमा छाएपछि रसियाले साउदी अरेबियामाथि फराकिलो जित निकाल्दै सुखद शुरुवात गरेको छ । विश्वकप आयोजना गर्दै आएको देशले उदघाटन खेल जित्दै आएको इतिहासको शाखलाई बिहीबार रसियाले पनि कायमै राखेको छ । २०१८ को विश्वकप फुटबलको उदघाटन खेलमा आयोजक रसियाले एशियन राष्ट्र साउदी अरेबियालाई ५-० गोलले पराजित गरेको छ ।

विश्वकप आयोजक राष्ट्रले उदघाटन खेल जित्दै आएको इतिहास छ । २०१८ को विश्वकप रसियाको मस्कोमा साउदी अरेबिया विरुद्ध शुरु गर्दै दोस्रो चरणको लागि केही खुकुलो बनाएको छ । आयोजकले कहिल्यै उदघाटन खेलमा पराजित भएका छैनन् । सन १९६६ मा इग्ल्याण्डले, सन १९७० मा मेक्सिको, २०१० साउथ अफ्रिकाले उदघाटन खेलको नतिजा आफनो पक्षमा पारेका थिए ।

१९३४ मा इग्ल्याण्ड र इटालीले पनि सोही वर्ष आयोजक बन्दै उदघाटन खेल जितेर अगाडि बढेका थिए । फुटबलको महाभिडन्त विश्वकप रसियामा शुरु भएको छ । उदघाटन खेलमा साउदी अरेबियालाई पहिलो हाफको २-० गोलको अग्रता लिएको थियो । अरेबियाको डिफेन्सको फाईदा उठाउँदै रसियाले पहिलो गोल खेलको १२ औं मिनेटमा सम्भव बनायो । दोस्रो गोल भने खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी छदाँ काउण्टर एट्याकमा गर्दै पहिलो हाफ दुई गोलको अग्रता लिएको थियो । अरेबियाले दोस्रो हाफमा पनि तीन गोलको सामना गर्न पुग्यो ।

बलमाथिको नियन्त्रण साउदी अरेबियाले राखेपनि स्कोर भने निकाल्न सकेन । एरु गान्जस्कीले एलेजण्डर गोलोभिनले मिलाईदिएको क्रसपासलाई विश्वकपको उदघाटन गोल भने उनले उत्कृष्ठ हेड गर्दै अग्रता दिलाए । दोस्रो गोल भने डिफेन्सले क्लियर गर्न नसकेको बललाई कलेक्ट गर्दै उपलब्ध गराएको पासलाई रोमन जब्निनले दिएको पासलाई बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको डेनिस चेरेसिभले फष्टबारमा पावरसट हिर्काउँदै गोल गरे । उनी एलन डाज्गोइभको ह्यामस्ट्रिङ हुदै मैदान छाड्न बाध्य भएपछि पहिलो हाफ अगाडि नै मैदान छिर्ने अवसर पाएका थिए ।

दोस्रो हाफमा भने रसियाले पुरानै लयलाई दोहोर्याउँदै ७१औं मिनेटमा अर्को गोल थप्दै घरेलु मैदानमा साउदी अरेबियामाथि रसियाको दबाव फेरी बढ्यो । ७१ औं मिनेटमा अर्टेन डिज्युबाले गोलोभिनको पासमा उत्कृष्ठ हेडिङ गर्दै बललाई पोष्टको दिशा दिएपछि अन्तर तेब्बर बन्न पुग्यो । गोल गरेपछि प्रशिक्षकले समेत अर्टेनलाई सल्युट गरेका थिए । विश्वकपको पहिलो पहेलो कार्ड भने दुई गोलको अवसर सृजना गरेका गोलोभिनले पाएका छन् । उनले व्याड फाउल गरेपछि अजेन्टिनियन रेफ्रीले पहेलो कार्ड देखाएका थिए ।

साउदी अरेबियाले रसियाको पोष्टमा खासै राम्रो मुभ बनाउन भने सकेन् । केही अवसर चुक्न पुग्यो । अतिरिक्त समयको पहिलो मिनेट(९० प्लस १ मिनेट)मा डेनिस चेरेसिभले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरे । देब्रे खुट्टाले हानेको भली क्रसबार र फष्टबारको कुनाबाट छिरेपछि रसिया फराकिलो अग्रता तर्फ उन्मुख हुदै गयो । अन्तिम गोल भने गोलोभिनले फ्रिकिकबाट सम्भव गरे । फष्टबार नजिकैबाट पोष्टभित्र छिरेपछि रसियाले घरेलु मैदानमा साउदी अरेबियामाथि सानदार एवं रवाफिलो जित निकाल्दै स्पष्ट तीन अंक जोड्यो ।

इजिप्टले दुई पटकको विश्वकप विजेता उरुग्वेसित शुक्रबार खेल्ने छ । त्यस्तै मोरक्कोले इरानको सामना गर्ने छ भने युरोप कप विजेता पोर्चुगलले विश्वकप पुर्व विजेता स्पेनसँग पौने ११ बजे खेल्ने छ ।