
पोखरा(खेलाडी न्युज)-ह्याण्डबलको पुर्वाधार निर्माण युद्धस्तरमा बढेको छ । पोखरा रंगशालामा निर्माण भईरहेको एकेडेमीसहितको ह्याण्डबल कोर्टलाई विभागिय टोलीले जनश्रमदान गरिरहेका छन् । नेपाल आर्मी र शसस्त्र प्रहरी बलको श्रमदानमा कोर्टसँगै चेन्जिङ रुम, शौचालय, अफिस तथा एकेडेमी कक्ष समेत निर्माण युद्धस्तरमा गरिएको नेपाल ह्याण्डल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।
जेठको शुरुवातसँगै रंगशालाभित्र छुट्टाइएको जग्गामा कोर्टसहितको अन्य पुर्वाधार निर्माण गरिएको छ । ह्याण्डबल एकेडेमी निर्माण उपभोक्ता समितिले कामलाई यसै आर्थिक वर्षभित्र सक्ने गरी काम गरिरहेको छ । राष्ट्रिय खेलकुद परिषदले सुनिश्चितताको बजेट मार्फत ९० लाख रुपैयाँ उपलब्ध गराएपछि जिल्ला खेलकुद विकास समिति कास्कीले उपभोक्ता समिति मार्फत काम गराएको हो ।
शसस्त्र प्रहरी बलका ४७ जनाले दुई दिन श्रमदान गरेको अध्यक्ष गुरुङले बताए । अघिल्लो दिन नेपाली सेनाको २० जना भन्दा बढीले काम गरी श्रमदान सहयोग गरेको उनको भनाई थियो । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालका अनुसार उपभोक्ता समिति मार्फत काम गरिएको छ । पोखरा रंगशालाभित्र मन्त्रालय मार्फत पुर्वाधारका काम भैरहेका छन् । १५ महिनामा सक्ने गरी शुरु गरिएको बहुउद्देश्यीय कभर्ड हल अहिले पनि निर्माणाधिनकै चरणमा छ । तीन वर्ष वित्यो । बजेट १ करोड ९५ लाख रुपैयाँ थप भईसकेको छ । १४ करोड ३२ लाखमा निर्माण ठेक्का दिइएको थियो । कर्भड हलसँगै आर्चरी खेल मैदान, लन टेनिस कोर्ट, र व्याडमिन्टन कोर्ट निर्माणको चरणमा छ । भलिबल प्रशिक्षण केन्द्र भने निर्माण भईसकेको छ ।
ह्याण्डबल कोर्ट आउट डोर हुने छ । कोर्ट अन्तराष्ट्रिय मापदण्ड अनुसार २० मिटर चौडाई र ४० मिटरको छ । यद्यपी कोर्ट २७ मिटर चौडाई र ४९ मिटर लम्बाईको बनाईने छ । कोर्टसँगै आवश्यक अन्य पुर्वाधार समेत बनाईने जिल्ला खेलकुद विकास समिति कास्कीले जनाएको छ । समितिका इन्जिनियर प्रनिस ताम्राकारका अनुसार कोर्टसँगै चेन्जिङ रुम, शौचालय, प्यारापिट समेत निर्माण गरिने छ ।
कोर्ट प्राकृतिक बनाईने छ । अफिसियल रुम, दर्शकको लागि शौचालय समेत बनाईएको छ । दुई टिमलाई आवश्यक पर्ने चेन्जिङ रुम र दुई स्टेपको प्यारापिट कोर्टको चारै दिशामा बनिरहेको उनले बताए । ‘काम गरेपछि मात्रै बजेट निकासा हुने हुदाँ फटाफट काम गरिएको छ ।’ कार्यालय प्रमुख बरालले भने—‘कोर्ट निर्माणपछि प्रतियोगिता आयोजना गर्न सहज हुने छ ।’ उनका अनुसार कोर्ट आर्थिक वर्षभित्रमा सक्ने योजना छ ।
राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालाभित्र डोम र फुटबल स्टेडियमको लागि टेण्डर आह्वान गरिसकेको छ । ११ करोडको लागतमा डोम र एक अर्ब भन्दा बढी लागतको फुटबल स्टेडियम बनाउने परिषदले जनाएको छ । आगामी साग गेम्सलाई लक्षित गर्दै फुटबल स्टेडियम बनाउने परिषदको योजना छ । त्यसको लागि ४५ दिने सूचनासहितको टेण्डर आह्वा गरिसकेको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…