
पोखरा(खेलाडी न्युज)-आज मध्यरातको खेल निकै महत्वपूर्ण मानिएको छ । दुवै युरोपियन देश । विश्वकप पुर्व विजेता स्पेन र युरोपियन च्याम्पियन बनेको पोर्चुगल बीचको प्रतिस्पर्धा फुटबल पारखीले पर्खिरहेका छन।
समूह बीको अन्तर्गतको यी दुई बीचको प्रतिस्पर्धा आम चासोको विषय समेत हो । राती पौने १२ बजेको समयमा दुवैको प्रतिस्पर्धा हेर्न आखाँ लालायित छन् । यद्यपी बाजी कसले मार्छ अडकल काट्न भने कठिनाई छ । तर पनि विज्ञहरुको अडकल अनुसार स्पेनले बाजी मार्ने अनुमान लगाइएको छ ।
युरोकप २०१६ को च्याम्पियन रहेको पोर्चुगल आफ्नो सो लयलाई अर्को ठूलो प्रतियोगितामा निरन्तरता दिन चाहन्छ । आफनो भरपर्दा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोमाथि विश्वास छ । यद्यपी सन्तुलित टोलीको रुपमा स्पेन देखिएको छ । स्पेनले छनोट चरणमा निकै प्रभावशाली प्रदर्शन देखाउन सफल भएको थियो । मार्चमा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई ६-१ ले हराउंदै विश्वकपका लागि आफ्नो दाबेदारी स्पष्ट पारेको थियो । त्यस्तै च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो पोर्चुगलका लागि मुख्य खेलाडी हुन् । उनी हालै खेलिएको मैत्रीपूर्ण खेलमा लयमा पनि देखिएका थिए र उनको मनोबल पनि अवश्य उच्च रहेको छ ।
यद्यपी रोनाल्डोको खेल शैली क्लबमेट स्पेनका सर्जियो रामोसलाई बढी राम्रारी जानकारी छन् । रोनाल्डोलाई रोक्नु नै रामोसको लागि मुख्य चुनौति बन्ने छ । डियागो कोष्टा र आन्द्रेस इनिष्टाको मध्यपंक्तिले पनि स्पेन अझ बलियो देखिएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…