उरुग्वेको जितमा सान्चेजको उत्कृष्ट हेडिङ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १ गते २०७५ मा प्रकाशित


एजेन्सी-९० औं मिनेटमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै उरुग्वेले इजिप्टमाथि प्रतिस्पर्धात्मक जित निकाल्दै तीन अंक जोडेको छ । इजिप्टमाथि १–०ले पराजित गर्ने क्रममा उरुग्वेले कार्लोस सान्चेजले दिएको फ्रिकिक पासलाई जोसे जिमिनेजको हेड फष्टबारमा च्याप्दै गोल हुन पुग्यो । गोलकिपरले उनको हेडिङलाई खासै भेउ समेत पाउन सकेनन् । त्यसभन्दा अघि खेल सकिन तीन मिनेट बाँकी छदा पाएको फ्रिकिक सेकेण्ड बारमा लागेर फर्किनु नै उरुग्वेलाई लागि अभिषाप बन्न पुग्यो ।

काभानीलाई लडाएपछि पाएको डिबक्स बाहिर पाएको फ्रिकिक एकपछि अर्को अवसर पाएको उरुग्वेले इजिप्टसँग बराबरी खेल्दै अंक बाड्ने तर्फ उन्मुख हुदै गएको थियो । उरुग्वेका बार्सिलोना स्ट्राईकर लुईस स्वारेजले दुई पटक गोलको अवसर गुमाएपनि अन्तिममा स्कोरिंग निस्किएपछि इजिप्टमाथि स्पष्ट जित निकाल्दै तीन अंक खातामा राख्यो । इजिप्टलाई पराजितसँगै दोस्रो चरणमा प्रवेश गर्नको लागि कठिनाई बढेको छ । आयोजक रसियाले भने साउदी अरेबियालाई पराजित गर्दै तीन अंकसहित शीर्षस्थानमा छ ।

एकपछि अर्को मुभ बनाउँदै दबाव सृजना गरेपनि उरुग्वे भने सफल हुन सकेको छैन् । हरेक प्रयासलाई डिफेन्स र गोलकिपरले विफल पारेपछि स्वारेज निकै असन्तुष्ट बनेका थिए । खेलको ८३ औं मिनेटमा स्वारेजले दिएको हेडपासलाई काभानीले हानेको पावर सट बललाई इजिप्टका गोलकिपरले पन्च गर्दै बचाएपछि इजिप्टले उरुग्वेलाई बराबरीमा राखे ।

२४ औं मिनेटमा स्वारेजले अवसरलाई खेर फाले । सिक्स यार्ड बक्सभित्रको बललाई उनले बायाँ तर्फ प्रहार गर्दा बाहिरिएको थियो । उनलाई डियागो गोडिनले अवसर सृजना गरिदिएका थिए । ४६ औं मिनेटमा स्वारेजले अर्को अवसरलाई गुमाए । रोड्रिगो बेन्तानकुरले मिलाईदिएको पासलाई कार्लोस सान्चेजले हानेको बल समेत बाहिरिएको थियो । इजिप्टले भने मोहम्मद सलाहलाई मैदानमा उतारेन् । काँधको चोटबाट मुक्त हुदैं गएका उनलाई आजको खेलमा खेलाउने तयारी गरेपनि बेन्चमै बसेर खेल हेरेका थिए ।