
सेन्ट पिटरबर्ग, एजेन्सी-एशियाली मुलुक इरानले रसियामा आयोजित विश्वकपमा जितसँगै शुरुवात गरेको छ । अर्को एशियाली मुलुक साउदी अरेबिया भने आयोजक रसियासँग फराकिलो गोल अन्तरले पराजित हुदै पुछारमा छ ।
इरानले गएराती भएको खेलमा मोरक्कोलाई १–० लाई हराउँदै इरानले तीन अक जाड्यो । पोर्चुगल र स्पेन समेत रहेको समूह ‘बी’मा इरानका लागि यो जित महत्वपूर्ण हुन सक्दछ ।
प्रतिस्पर्धात्मक खेलमा इरानको जित भने आत्मघाती गोलकोे उपहारले सम्भव बनाईदियो । ६० हजार भन्दा बढी दर्शक रहेको खेलमा इन्जुरी समयमा अजिज बौहाडोजको आत्मघाती गोलमा इरानले जितको खुशीयाली मनाउन पाएको थियो ।
६ मिनेट इन्जुरी समयको एक मिनेट बाँकी रहँदा फ्रिकिकमा आएको बल रोक्ने क्रममा बोहाडोजले हेड गर्दा आफ्नै पोष्टमा गोल भएको थियो । दुवैले एकपछि अर्को अवसर जुराएका थिए । यद्यपी गोलको खडेरी भने दुवैले तोड्न भने सकेका थिएनन् । मोरक्कोले पहिलो र दोस्रो हाफमा डिबक्सभित्र पाएको अवसर हुलमुलबाटै क्लियर हुन पुग्यो । इरानले पनि हानेको बललार्इृ गोलकिपरले सामान्य टचगर्दै हातले हल्का बल उठाएर फाल्दा बाहिरिएको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…