
सोची (एजेन्सी)-युरोपियन च्याम्पियन र पुर्व विश्वकप विजेता पोर्चुगल र स्पेन बीचको हेभिवेट भिडन्तमा क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक गरेका छन् । यद्यपी दुबैले ३(३ गोलको बराबरी खेल्दै अंक बाडेर आफनो अस्थित्वलाई कायमै राखेका छन् ।
स्पेनमाथि पोर्चुगलले दबाव सृजना गर्दै दुईपटक खेलमा लिएको अग्रतालाई जोगाउन भने सकेन् । पहिलो हाफमा २–१ ले पछि परेको स्पेनले दोस्रो हाफमा ४ मिनेटको फरकमा २ गोल गर्दै खेलमा अग्रता बनाएको थियो । तर, ८८ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे भने स्पेनका लागि डिएगो कोस्टाले समान २ र अर्को गोल नाचोले गरे ।
विश्वकपमै सबैभन्दा छिटो पेनाल्टीको अवसर भने पोर्चुगलले पायो । नाचोले पेनाल्टी बक्समा फउल गरेपछि पाएको पेनाल्टीलाई रोनाल्डोले गोल गर्दै अग्रता दिलाए । एथलेटिको मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएको डियागो कोष्टाले २४ औं मिनेटमा गोल गरेपछि स्पेनले बराबरी गर्यो ।
रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो स्पेन एक गोलले पछि पर्दै टुग्याएको थियो । पहिलो हाफ केवल एक मिनेट बाँकी छदा रोनाल्डोले अर्को गोल थपेपछि खेल रोमाञ्चक बनेको थियो । ५४ औं मिनेटमा स्पेनका कोस्टाले बराबरी गोल गरे । एउटाले लिएको अग्रतालाई अर्कोले पछ्याउँदै बराबरी गर्दा फुटबल पारखीले समेत निकै रोचक र प्रतिस्पर्धात्मक खेलको स्वाद लिन पाए । ५८ औं मिनेटमा नाचोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, निर्धारित समयमा २ मिनेट बाँकी हरँदा रोनाल्डोले फ्रिकिकमा बराबरी गोल गरे भने व्यक्तिगत रुपमा ह्याट्रिक पुरा गरे ।
रोनाल्डोको किर्तिमान
चौथो विश्व कपमा सहभागिता जनाइरहेका रोनाल्डो हिजोको खेलमा गोल गरेपछि विश्व कपमा गोल गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि आजै भएको समूह ‘बी’को अर्को खेलमा इरानले मोरोक्कोलाई १–० ले हराएको थियो । समूहको पहिलो चरणको खेल सकिदा इरानको ३, स्पेन र पोर्चुगलको समान १ अंक छ । समूहको अर्को टोली मोरोक्को विना अंक रहेको छ ।
विश्वकपमा रोनाल्डोको पहिलो ह्याट्रिक हो । खेल पण्डितको विश्लेषण भने हिजो खेलमा मिलेन् । स्पेनले जित्ने अपेक्षा गरिएको खेलमा रोनाल्डो प्रेरित पोर्चुगलले एकपछि अर्को समयमा अग्रता लिदैं गुमाउँदै गएको स्थिति थियो । रोनाल्डोको ट्रेड मार्क फ्रिकिकको जादु भने क्लबस्तरीयमा मात्रै नभई विश्वकपमा फेरी देखिएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…